२०८३, १३ बैशाख सोमबार

काभ्रेका १११ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काभ्रेका १११ जना कोरोना संक्रमित निको भएर घर फर्किए


धुलिखेल, १८ भदौँः काभ्रेका १११ जना कोरोना संक्रमित आइसोलेसनबाट घर फर्किएका छन् । स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आजसम्ममा १ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २९४ जना पुगेको छ । बिहीबार मात्रै काभ्रेमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा धुलिखेल नगरपालिकाका १ महिला सहित ३ जना पुरुष छन् । त्यसैगरी पनौती नगरपालिकाका २ जना महिला र पाँचखाल स्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणमा कार्यरत दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका १ सय ८१ जना विभिन्न आइसोलेसनमा रहेका छन् । त्यस्तै काभ्रे स्थायी ठेगाना भई ७ जना काठमाण्डौका विभिन्न आइसोसेलन र ४ जना होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १८ भाद्र बिहीबार  ५ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले