२०८२, २० असार शुक्रबार

अन्तर्राष्ट्रिय युवा दिवस, काभ्रेका यूवाहरुद्धारा वृक्षरोपण

अन्तर्राष्ट्रिय युवा दिवस, काभ्रेका यूवाहरुद्धारा वृक्षरोपण


धुलिखेल २८ साउन अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर काभ्रेका यूवाहरुले वृक्षरोपण गरेका छन् । ‘रुख बचाऔँ पृथ्वी बचाऔँ’ भन्ने मुल नाराका साथ युवाहरुले काभ्रेका भिविन्न स्थानीय तहहरुमा वृक्षरोपण गरेका हुन ।

धुलिखेलमा पर्यटन विकास र स्वस्थ शहर निमार्णका लागि भनेर युवाहरुले वृक्षरोपण कार्यक्रम गरिएको युवा मञ्चका अध्यक्ष सुनिल हुमागाईले बताउनु भयो । यूवाहरुले धुलिखेलको वडा नं ८ को बडाल गाउँ र सुर्योदय पार्कमा ४ सय वटा विरुवा रोपिएका छन् । वृक्षरोपण कार्यक्रममा रोट्रायक क्लब अफ काभ्रे क्याम्पस र जन भरोसा युवा क्लवले सहयोग गरेका थिए ।

कपुर, धुपि, लप्सि, कालो शिसिर लगायतका विरुवा रापिएका छन् । यसैगरी नमोबुद्ध नगरपालिकामा पनि वृक्षरोपण कार्यक्रम गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर नमोबुद्ध युवा परिषद् र नमोबुद्ध नगरपालिकको संयुक्त आयोजनामा वडा नं ४ को पौडेलचौरमा रहेको स्मृति पार्कमा वृक्षारोपण गरिएका हुन ।

बोधिचित्त, धुपी लगायतका बिरुवा रोपिएको नगरपालिकाका प्रबक्ता सञ्जिब ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ९ : ०८ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक