२०८२, १ माघ बिहीबार

सोलुखुम्बुको हिमताल फुट्यो, सोलुमा चौरी गोठ बगायो

सोलुखुम्बुको हिमताल फुट्यो, सोलुमा चौरी गोठ बगायो


सोलुखुम्बु, २५ साउन : सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सीमानामा रहेको चोकर्मा ताल सेतो पोखरी फुटेको छ ।

चोकर्मा हिमताल फुट्दा सोलु खोलामा शुक्रबारदेखि पानीको बहाब बाढL आएको सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले जानकारी दिएका छन् ।

शुक्रबार बिहान सोलु खोलामा आकस्मिक रुपमा लेदोसहितको बाढी आएको र एउटा चौरी गोठ पनि बाढीले बगाएको उनले जानकारी दिए । स्थानीयले दूधकुण्ड फुटेकाले बाढी आएको आशंका गरेको बताउँदै मेयर शेर्पाले भने, ‘तर पछि स्थानीय दावा शेर्पासहित ५६ जना स्थानीयबासीको समूहले स्थलगत अध्ययन गर्दा दूधकुण्ड नभएर चोकर्मा ताल फुटेको पाइयो ।’

उनले तालको एक छेउ मात्र फुटेका कारण सबै पानी बग्न नपाउँदा क्षति कम भएको जानकारी दिएका छन् । ‘चोकर्मा तालमा पानी धेरै छ । दूधकुण्ड भन्दा पनि यो ताल ठूलो छ,’ सुनाए । पाँच हजार पाँच सय मिटरको उचाइमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने भएकाले सबैलाई सचेत रहन उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आईतबार  ९ : ०२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा