२०८३, ८ कार्तिक आईतबार

प्रधानमन्त्रीको निर्देशन रामको जन्मभूमि माडी नै हो, भब्य मन्दिर बनाउनुस्

प्रधानमन्त्रीको निर्देशन रामको जन्मभूमि माडी नै हो, भब्य मन्दिर बनाउनुस्


काठमाडौं २४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी चितवन का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए ।

झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताए । ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्’ माडीका जनप्रतिनिधिलाई प्रधानमन्त्री ओलीले भने, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’

प्रधानमन्त्री ओलीले विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिएको माडीका मेयर ठाकुरप्रसाद ढकालले अनलाइनखबरलाई बताए । तर यहाँ उत्खनन् गर्ने भन्दापनि शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाएको ढकालले स्वीकार गरे ।

भेटमा जनप्रतिनिधिहरुले भने राष्ट्रिय निकुञ्जका समस्या र दुईहप्ता अघि जलेको चेपाङको घर र उनीहरुको बसोबासको समस्याबारे पनि कुरा उठाएका थिए । ‘राम मन्दिर बनाउँदै गर्दा चेपाङहरुको घर बनेन भने अर्थ रहन्न’ मेयर ढकालले भने, ‘चेपाङहरुको घर बनेपछि मात्र मन्दिर बनाउनुपर्छ ।’

जवाफमा प्रधानमन्त्री ओलीले यसबारे वन मन्त्रालयले अध्ययन गरिसकेको तथा मन्त्रिपरिषद् कार्यालयको टोलीले अध्ययन गरिरहेको भन्दै दुबै प्रतिवेदन आएपछि रक्षा, वन र संघीय मामिलामन्त्रीसहित बैठक राखेर छलफल गर्ने बताएका छन् । अनलाईन खबरबाट साभार

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार  ९ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना