काठमाडौं, २२ साउन : काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस व्रिफिङमा काठमाडौ, ललितपुर र भक्तपुरमा गरी उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
लकडाउन अघिसम्म एक दुईको संख्यामा भेटिने संक्रमित एक सातायता दैनिकजसो ५० भन्दामाथि भेटिन थालेका हुन्।तीन दिनयता कोरोना संक्रमित दैनिक जसो ६० भन्दा माथिको संख्यामा भेटिन थालेका हुन् ।
।








प्रतिक्रिया