२०८३, ३१ श्रावण सोमबार

आज जनैपूर्णिमा हेर्नुस् तस्विर

आज जनैपूर्णिमा हेर्नुस् तस्विर


काठमाडौं १९ साउन : श्रावण शुक्लपूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत जनै धारण र रक्षाबन्धन डोरो बाँधी मनाइएको छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी ‘जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, विचलित नहोऊ’ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन शुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै यज्ञोपवीत फेरिएको छ ।

आजको दिन सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । आजै मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ । आजको दिन गरिने स्नानलाई श्रावणी स्नान पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रूपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रूपमा पूजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रूपमा लिइन्छ ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार  ४ : ५३ बजे

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको

निजी क्षेत्रलाई दबाएर अर्थतन्त्र चल्दैन : चन्द्रप्रसाद ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय

कांग्रेसमा लफडा चर्कियो, देउवा पक्षलाई गगनले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पूर्वसभापति