धुलिखेल, साउन १२ गतेः काभ्रेको केहि स्थानीय तहले बेरुजु रकम घटाउँदै लैजाने बताएपनि केहिले भने चुनौती पूर्ण रहेको बताएका छन् । पाँचखाल र भुम्लु गाउँपालिका उपप्रमुखहरुले तत्काल बेरुजु रकम घटान कटिन रहेको बताएका छन् । जनप्रतिनिधि निवार्चित नहुदाँ देखिको बेरुजु रकम भएका कारण अहिले तत्कालै घटाउन समस्या हुने भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।
फछ्र्योट भएका योजनाका फाइल समेत गायब भएकाले बेरुजु घटाउन तत्काल सम्भव हुन सक्ने उहाँको भनाई छ । तर अघिल्लो आर्थिक बर्षहरुको तुलनामा बेरुजु घटाएको भुम्लु गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि आफ्नो प्रयास जारी राख्ने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसैबीच पाँचखाल नगरपालिकाले भने विल भरपाई नआइपुगेका कारण बेरुजु देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा ३ करोड बराबरको बेरुजु देखिएको छ ।
यसमा केही जनप्रतिनिधिको तलब भक्ता र गिट्टी बालुवाको टेन्डरको हिसाब किताबको रकम बेरुजु रहेको उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार बेरुजु कम गराउनको लागि नगरपालिकाले उपभोक्क्ता समितीलाई बिल भरपाई ल्याउने पत्रचार गरिसकेको छ ।








प्रतिक्रिया