२०८२, १ असार आईतबार

साउन महिना, भगवान शिव र सोमबारको महत्व

साउन महिना, भगवान शिव र सोमबारको महत्व


काठमाडौं ८ साउन साउन महिना हिन्दु नारीहरुका लागि महत्वपूर्ण छ । यसलाई भगवान शिवको महिना पनि भनिन्छ । शिवको महिना भएको यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरुले ‘राम्रो वर पाउँ’ भनि र विवाहित महिलाहरुले ‘श्रीमानको आयू लामो होस’ भनि शिवको आराधना गर्ने गर्दछन् ।

उनीहरु दिनभर अन्न नखाई व्रत बस्ने चलन छ । साउन महिनाको धार्मिक तथा आध्यात्मिक महत्व रहेको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । साउनमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ ।

नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।

सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछ । वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिड्दा छुट्टै आनन्दको अनुभूति पैदा हुन्छ । प्रेमी प्रेमीको जोडीहरुमा नयाँ उमङग छाउँछ । यसबेला हाँसेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगन्तिी भावहरु रहेका छन् ।

साउन महिना र सोमबारको महत्व

सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्र अनुसार भगवान् शिवको महिना र बार भएकाले पूजा, आराधनाका लागि उत्तम समय भएको बताउँछन् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ।

भगवान् शिवले चन्द्रमालाई शिरको जटामा धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । साउनको सोमबार व्रत गरी एक छाक खाएमा सन्तान नहुनेले सन्तान, विद्या चाहनेले विद्यालगायत मनोकांक्षा पूरा हुने भनी हेमाद्रीले रचना गरेको ‘चतुर्वर्ग चिन्तामणि’, मित्र मिश्रले रचना गरेको ‘वीरमित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

महिलाले मात्र नभई पुरुषले पनि साउन महिना र सोमबार व्रत गर्न सक्ने शास्त्रमा वर्णन गरिएको उनले सुनाए। महिलाले हरियो चुरा, पोतेलगायत कपडा लगाउनु प्रकृतिसँगको सामीप्यता भएकाले यो वैज्ञानिक भएको अध्यक्ष गौतमको भनाइ छ । हरियो सामग्री चन्द्रमाको प्रतीक भएकाले शीतलता, सुख, शान्ति प्रदान गर्छन् । यसबाट भगवान् शिव प्रसन्न भई मनोकांक्षा पूरा गर्नुहुने धार्मिक विश्वास छ ।
साउनमा ब्रत किन,कसरी, कसले बस्ने ?

हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् स् ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर मध्ये पनि दुई प्रहर एकदर्म शसभ हुने गर्दछ ।

ब्रतमा श्रावण महिनाको पूरै महिना उपवास राख्नु जरुरी रहेको छ । तीर्थमा चार धाम तथा काशी यात्राको मात्रै पनि पुण्य हुन्छ । दानमा अन्न दान श्रेष्ठ हुन्छ । त्योहार पर्वमा मकर संक्रान्ति तथा कुम्भ पर्व महत्वपूर्ण हुन्छ । यज्ञमा पञ्चयज्ञको महत्व बढी रहेको छ । सेवाको लागि अनाथ गरिब बृद्ध र देशको सेवा सबैभन्दा महत्वपूर्ण हुन्छ । १६ संस्कारको अनुरूप नै वैदिक नियमबाट महत्वपूर्ण कार्य सम्पन्न गर्नु जरुरी रहेको छ । त्यसैले आफैंभित्र धर्मको प्रचारप्रसार गर्नु आवश्यक रहेको छ ।

सप्ताहको कुरा गर्दा बिहीबार सबैभन्दा उत्तम देखिन्छ । तिथी अनुसार ब्रत बस्दा एकादशी तिथि नै सबैभन्दा महत्वपूर्ण तिथि हो तथा महिनाको कुरा गर्दा श्रावण महिना ब्रतको लागि सबैभन्दा महत्वपूर्ण महिना हो । श्रावण महिनामा बसिने उपाक्रम ब्रतको महत्व एकदमै धेरै रहेको छ । यसलाई श्रावणी समेत भन्ने गरिएको छ ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो ?

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ

किन बस्ने ब्रत ?

ग्रह९उपग्रहको प्रभावले यसबेला हाम्रो शरीर कमजोर हुन्छ, पाचन यन्त्र कमजोर हुन्छ । यसबेला उत्तेजना, आवेग, कामवासना बढ्छ । त्यसो त वर्षायाम हुने वायुमन्डल ओसिलो हुन्छ, जसले विभिन्न संक्रमण फैलाउने संभावना अत्याधिक हुन्छ ।

विषालु किराहरुको संक्रमण पनि यहि बेला हुन्छ । त्यसैले शरीरमा हुनसक्ने संभावित संक्रमणबाट बच्न र शारीरिक स्वस्थ्य कायम राख्न उपवास एवं ब्रतले ठूलो महत्व राख्छ । त्यस्तै, मनलाई सन्तुलित र शान्त राख्नका लागि धार्मिक कार्यक्रमले सघाउ पुर्‍याउँछ ।

यस्तो छ नियम

यी महिनाहरुमा सूर्योदय भन्दा पहिले नै उठ्नु आवश्यक मानिन्छ । उठ्नासाथ राम्रोसँग नुहाउने र केही बेर मौन बस्नु आवश्यक मानिन्छ । यो समयमा साधुहरुको त झनै नियम कडा हुन्छ उनीहरुले दिनमा एक पटक भन्दा भोजन गर्न पाउँदैनन् ।

गर्न नहुनेकाम उक्त ४ महिनामा विवाह संस्कार, जात कर्म संस्कार, गृह प्रवेश आदि मंगल कार्य गर्नको लागि निषेध गरिएको छ । यस ब्रतमा दूध, शखर, दही, तेल बैगन, पत्तादार सब्जी, मोजन, मिठाई सुपारी, मासु, मदिरा आदि निषेध गरिएको छ । जसमध्ये, श्रावणमा पत्तादार सब्जी, साग इत्यादि, भदौमा दही, असोजमा दूध, कात्तिकमा प्याज, लसुन र दाल लगायतलाई निषेध गरिएको छ ।

पछुताउनुहोला , यदि तपाई श्रावण महिनामा व्रतका पालना गर्नुहुँदैन भने तपाई अवश्य पछुताउनु हुनेछ । यो महिनामा तपाईको मानसिक तनाव कम गर्न र पापको नास गर्नको लागि ब्रत आवश्यक छ । यदि यो महिनामा नियम विरुद्ध अन्न ग्रहण गर्नुहुन्छ । ब्रह्मचर्यको पालना गर्नुहुन्न भने यमे निश्चित छ कि तपाई गम्भीर रोगबाट ग्रस्त हुनुहुनेछ । यो व्रत महिला र पुरुष दुबैको लागि आवश्यक रहेको छ ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  १० : ०२ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार