२०८२, २८ चैत्र आईतबार

बनेपा प्रहरीको समुदायसँग साझेदारी

बनेपा प्रहरीको समुदायसँग साझेदारी


बनेपा, ८ साउन । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई इलाका प्रहरी कार्यालय बनेपाले प्रभावकारी बनाउने प्रयास गर्दै आएको छ । इलाका प्रहरी कार्यालयमा इन्चार्जका रूपमा याेगेन्द्र तिमिल्सिना आएपछि नेपाल प्रहरीको शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि समुदायसँग एकाकार भई साझेदार रुपमा कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप यो कार्यक्रमलाई थप प्राथमिकतामा राखिएका हुन् ।


इलाका प्रहरी कार्यालय बनेपाद्वारा आफ्नो सेवाक्षेत्र भित्रका बनेपा, पनौती, बेथानचोक र धुलीखेलको केही भागमा गरी १ सय ६० वटा समुदाय प्रहरी साझेदार समितिहरु गठन गरिएका छन् । जसमा प्रहरी र टोल, विद्यालय, वडा, पालिका स्तरका समितिहरु रहेका छन् । यी समितिहरुमार्फत प्रहरीसँग एकदिन कार्यक्रम हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।

इप्रका इन्चार्ज तिमिल्सिनाले कार्यक्रमलाई प्रभावकारी बनाउन सेवा क्षेत्रभित्रका सबै स्थानीय तहमा एक समिति गठन गरेका छन् भने आवश्यकताका आधारमा टोल, विद्यालय र वडाहरुमा समिति गठन गरेका छन् । प्रहरीले यही समितिमार्फत शान्ति सुरक्षासँग सम्बन्धित विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको छ । विशेषगरी लागुऔषध, मानव बेचविखन, महिला हिंसा, ट्राफिक नियम, साइबर क्राईम जस्ता आपराधिक गतिविधिका बारेमा समुदायसँग मिलेर गरिएको चेतना विस्तार प्रभावकारी देखिएको छ । यसले सामाजिक अपराध र विकृतिलाई न्यूनीकरण गर्न सहयोग पुगेको प्रहरीको बुझाई छ ।


बनेपा संघीय राजधानी शहर प्रवेश गर्ने पूर्वी नेपालको नाका हो भने काठमाडौंबाट नजिकै रहेको शहर पनि हो । काठमाडौंमा हुने कतिपय अपराधका घटनामा संलग्नहरु यही बनेपालाई सेल्टर बनाउने गरेका छन् । खासगरी काठमाडौंदेखि पूर्वका अपराधकर्ममा संलग्नहरुले यो शहरलाई लुक्ने स्थानको रुपमा प्रयोग गर्दै आएका छन् । राजधानीमा पीडितलाई फकाएर प्रभावमा पार्ने र बनेपा ल्याएर ठगी गर्ने गरिएका घटनाहरु सार्वजनिक हुनुले पनि यसलाई पुष्टि गर्छ ।

दुईवटा राजमार्गको सवारी चाप र साँघुरो सडकका कारण सवारी दुर्घटना पनि यहाँ धेरै नै हुने गरेको छ । शहरमा निर्माण सामग्री ओसार्ने ट्रिफर जनताको सुरक्षित यात्राका लागि अर्को चुनौती बन्ने गरेको छ । त्यस्तै घरेलु मदिराबाट सिर्जित घटना र सवारी चोरीका घटनाहरु दोहोरिरहँने घटनाहरु हुन् । बनेपा प्रहरीले यस्तै विषयमा केन्द्रित भएर सामाजिक अपराध नियन्त्रण गर्ने प्रयास गर्दै आएको छ ।

लकडाउनलाई व्यवस्थित गर्न फरक योजनाका साथ जुटेको बनेपा प्रहरी र अगुवाहरुले खुकुलो बनाउँदा खतरा निम्तने अनुमान गरेका थिए । खुल्ला गर्दा अस्तव्यस्त भई कोरोना भाइरस नियन्त्रण बाहिर जाने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ५ : २८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४