धुलिखेल, ७ साउनः धुलिखेलको नगरपालिकाको विभिन्न महत्वपुर्ण स्थनमा सिसि क्यामेरा जडान गरिएको छ । नगरपालिकाको मुख्य चोकहरु तथा मठ मन्दिरहरुमा जडान सिसि क्यामेरा जडान गरिएको नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले जानकारी दिनुभयो ।
सिसि क्यामेरा जडान भएपछि नगर क्षेत्र भित्रको सुरक्षा व्यवस्थापनमा सहजता हुने बताईएको छ । साथै विभिन्न गतिबिधिहरुको प्रत्यक्ष निगरानी र अपराध नियन्त्रण गर्न सहज हुने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया