२०८३, ७ कार्तिक शनिबार

लक्षित वर्गका लागी स्थानीय तहको कार्यक्रम

लक्षित वर्गका लागी स्थानीय तहको कार्यक्रम


धुलिखेल, ५ साउनः काभ्रेको अति दुर्गम महाभारत गाउँपालिकाले उपाध्यक्षसँग महिला जिविकोपार्जन कार्यक्रम’ ल्याएको छ । यसमा पनि सिपमुलक र क्षमता अभिबृद्धिका तालिमका रहेका छन् । गत बर्षको तुलनामा यो नयाँ कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभयो ।

अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम मार्फत सम्मान कार्यक्रम पनि राखिएकोछ । बालमैत्री पालिका बनाउनको लागि पालिकाले कार्यक्रम बनाएको छ । महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिको लागि पनि पालिकाले कार्यक्रम बनाएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । पालिकाले २० लाख रुपैँया लक्षित वर्गको लागि बजेट समेत विनियोजन गरेको छ ।

जिल्लाको रोशी गाउँपालिकाले लक्षित वर्गको कार्यक्रम अन्र्तगत सिपमुलक र क्षमता अभिबृद्धिका तालिमकालाई प्राथमिकता दिने भएकोछ । महिला, अपाङ्गता भएका मानिस, लाई सिपमुलक र क्षमता अभिबृद्धिका तालिम दिइनेभएको हो । यसैगरी दलित समुदायका भुमिहिनहरुलाई जग्गा समेत उपलब्ध गराउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेष्ठ नागरिकहरुलाई उपचारका कुरालाई प्राथमिकता दिइनेछ । पालिकाले शाखागत रुपमा बजेट समेत विनियोजन गरिएकोछ । लक्षित वर्गका कार्यक्रमको लोपउन्मुख जाति अन्र्तगत हायु जातिको लागि निमार्ण भएको भवनमा सामाग्री समेत थप गरिनेछ ।

बेथान्चोक गाउँपालिकाले लक्षित वर्गको समुह बनाएर कार्यक्रम सञ्चालन गर्ने भएको छ । गत बर्षमा सञ्चालन भएका कार्यक्रमहरुलाई यो बर्ष निरन्तरता दिइने पालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक बर्षमा सिपमुलक र क्षमता अभिबृद्धिका तालिमकालाई प्राथमिकता दिइएकोछ । अपाङ्गता भएका नागरिकहरुको लागि पनि प्रकृति हेरेर स्वरोजगारका तालिम दिइनेछ । तालिम दिएपछि पालिकाले बजारिकरण समेत गरिदिने पालिका अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार  ५ : ५७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना