धुलिखेल, ५ साउनः काभ्रेको पाँचखाल नगरपालिकाले रोजगारीमा संलग्न हुन चाहानेहरुको निवेदन माग गरेको छ । नगरपालिकाभित्रका काम गर्न चाहने ब्यक्तिले नगरपालिकाको रोजगार सेवा केन्द्रमा निवेदन दिन आज नगरपालिकाले सुचना मार्फत अनुरोध गरेको छ ।
नगरपालिकाले कृषि जन्य उत्पादनले वर्षमा ३ महिना खान नपुग्ने, बसोबासकालागी आफ्नै घर नभएका, एकल महिला घरमुलीभएको परिवारका सदस्य, दलित, अल्पसंख्यक वा लोपोन्मुख परिवारका सदस्यलाई रोगजारमा पहिलो प्राथमिकता दिने बताएका छन् ।
त्यसैगरी बार्षिक न्युनतम रोजगारी वापत प्राप्त हुने पारिश्रमिक भन्दा कम नगद आय भएको परिवारका सदस्य, शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई पनि प्राथमिकतामा राखिने छ ।








प्रतिक्रिया