२०८३, २७ भाद्र आईतबार

चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध

चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध


धुलिखेल, ४ साउनः घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध गर्ने काभ्रेको चौरीदेउराली गाउँपालिकाको निर्णयको चौतर्फी विरोध हुन थालेको छ । गएको असार १० गते आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पालिका प्रमुख दिननाथ गौतमले साउन १ गतेदेखि लागु हुने गरी उत्पादन, बिक्री वितरण र ओसारपसार गर्न पूर्ण प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको थियो ।

त्यसैलाई आधार मान्दै प्रमुख शासकिय अधिकृत मानदास लामाले साउन २ गते एक सार्वजनिक सुचना मार्फत उर्दी जारी गर्दै पालिकाभित्रको सबै क्षेत्रमा घरेलु मदिरा उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाएको औपचारिक घोषणा गर्नुभएको थियो । तर गाउँपालिकाको निर्णय ब्यवहारीक नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पालिकाको निर्णय अनुसार घरेलु मदिरा मात्रै उत्पादन र बिक्री गर्न पाइनेछैन् ।

पालिकाले इलाका प्रहरी कार्यालय कात्तिकेदेउराली र सबै वडाहरुलाई पत्र पठाएर घरेलु मदिराको बिक्री वितरण र उत्पादन भए, नभएको बारे निगरानी राख्न आग्रह गरेको छ । पालिकाले साउन १५ गतेभित्र पालिकाकाभित्रका पसल सञ्चालकहरुहलाई मादक पदार्थ नष्ट वा फिर्ता गर्न आग्रह गरेको छ ।

पालिकाको निर्णय सार्वजनिक भएपछि पूर्व माओवादीका कार्यकर्ता समेत रहनुभएका स्थानीय राजिव लामाले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ ‘जनयुद्धकै समयमा असफल घरेलु रक्सी प्रतिबन्धका कुरा फगत बक्तब्यबाजी र नारा मात्रै हो । प्रतिबन्ध होईन नियन्त्रणमा राखौं । रक्सी पार्ने र बेच्नेलाई लाइसेन्सको ब्यबस्था गरौं । रक्सी पार्ने र खाने एरिया छुटाऔं । रक्सीलाई ब्राण्ड बनाऔं ।’

त्यस्तै मादन कुडारीका स्थानीय जीत बहादुर लामाले आफ्नो फेसबुक वालमा गाउँपालिकाको निर्णय पटक्कै कार्यन्वयन नहुनुको २ आधार । भन्दै यस्तो लेख्नु भएको छ ।
१. सामाजिक तथा साँस्कृतिक आधार: तामाङ समुदायको बाहुल्यता छ । हरेक शुभ÷अशुभ दुवै कार्यमा सगुनको रुपमा प्रयोग हुन्छ । आफ्नै घरमा नभए पनि नाता कुटुम्वको घरमा भएको शुभ÷अशुभ कार्यमा सगुन लानु पर्ने हुन्छ ।चाडपर्वमा पनि अन्य कोसेलीका साथमा स्थानीय मदिरा अनिवार्य प्रयोग हुन्छ । त्यसैले अक्सर जुनसुकै घरमा थोर बहुत स्टक रहन्छ । विहानै उठेर एक डबका हान्दै दिउँसो ११/१२ बजेसम्म खन्ने जोत्ने संस्कार पनि छ ।

२. अर्थतन्त्र : त्यहाँ अन्य ठूलो उद्योग कलकारखाना छैन । त्यसैले कृषि पछिको वैकल्पिक स्वरोजगार भनेकै स्थानीय मदिरा उत्पादन तथा बेचविखन गरी चाडपर्वमा मासु खाने मेलो र छोराछोरीलाई कापी कलम किन्ने माध्यम भएको छ । त्यसैगरी मदिरा उत्पादनको उपभोक्ता बढ्दै गएको छ । आर्थिक हैसियतले भ्याउने भनेको स्थानीय उत्पादन मात्रै हो । रोक लगाएको खण्डमा प्रतिरोध (चोरी, ठगी) को संभावना बढ्ने छ ।

त्यसैले बरु खान योग्य हो कि होइन भनेर जाँचपडताल गर्ने काम गरौं । नाप तौल तथा गुणस्तर विभागलाई पालिका वा वडासम्म लाने काम गराैँ । माओले प्रतिक्रियावादीहरू कागजी बाघ हुन भने झै यो निर्णय र सूचना पनि जनताले नमाने पछि कागजी बाघ मात्रै हुने त होइन ?

गाउँपालिकाको निर्णयको विरोध गर्ने यी दुई प्रतिनिधि उदाहारण मात्रै हो । तामाङ समुदायको राम्रो नराम्रो काममा समेत सगुनको रुपमा चल्ने घरेलु रक्सीलाई प्रतिबन्ध लगाएको प्रति समुदायले नै विरोध जनाएको छ । चौरीदेउराली गाउँपालिकामा तामाङ समुदायको जनसंख्या सबैभन्दा धेरै छ ।

पालिकामा ९ वटा वडा रहेका छन् । त्यसमध्ये वडा नम्बर ५ बाहेक सबै वडामा तामाङ समुदायको बाक्लो बसोबास छ । उनीहरुले कुनै न कुनै प्रकारबाट आफ्नो सँस्कार र संस्कृतिको रुपमा घरेलु रक्सीलाई लिने गरेका छन् । तर गाउँपालिकाको निर्णयले समुदायलाई नै अपमान गरेको तामाङ अगुवाहरुको आरोप छ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  ४ : ३४ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।