२०८३, ११ बैशाख शनिबार

भाेलीदेखि सार्वजनिक गाडी चलाउन व्यवसायी तयार

भाेलीदेखि सार्वजनिक गाडी चलाउन व्यवसायी तयार


काठमाण्डौ, ४ असारः सरकारको निर्णयअनुसार भोलि देखि यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते यातायात सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

यातायात व्यवस्था विभागमा आज भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन गर्ने बताउनुभयो ।

सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु गाडी सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उहाँले बताउनुभयो ।

अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयूर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् ।

व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागिसमेत तयारी भइरहेको बताएका छन् ।

ujyaaloonline.com

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  २ : ४४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले