धुलिखेल, ३१ असारः काभ्रे जिल्लाको नगरपालिका तथा गाँउपालिकाहरु विपद् ब्यबस्थापनको पुर्व तयारीमा लागिरहेका छन् । तेमाल गाँउपालिका भौगोलीक दृष्टीले डाँडाँकाडा भएको ठाँउ हो । आर्थिक वर्ष २०७७÷७८ को गाँउपालिकाले ५० लाख रुपैया बजेट बिनियोजन गरेको अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिउँदे सडकहरु निमार्ण भईसकेको र नयाँ बनाईएका सडकमा पहिरो जाने सम्भावना भएकाले सर्तक रहन सबै वडा अध्यक्षहरुसँग छलफल भईरहेको छ । साथै गाँउपालिकाले जिल्ला ब्यबस्थापन समितिसँग पनि छलफल र समन्वय गरिरहेको छ । गाँउपालिकाको विपद् ब्यवस्थापन कोषमा हाल १० लाख रुपैया रहेको छ ।
बेथानचोक गाउँपालिकाले
बेथानचोक गाँउपालिकाले बिभिन्न क्षेत्रका आउन सक्ने विपद् ब्यबस्थापनको लागी छुट्टा छुट्टै रकम बिनियोजन गरेको छ । कृषिमा आउन सक्ने विपद्, स्वास्थ्य क्षेत्रमाआउन सक्ने विपद्को लागी संबन्धीतशाखा बाटै रकम बिनियोजन गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै प्राकृतिक विपद्को लागी गाँउपालिकाले एक करोड ५० लाख रकम बिनियोजन गरेको छ । प्रत्येक वडाले १० लाख सम्म खर्च गर्न पाउने छन् । वडाको विपद् ब्यबस्थापन समितिले विपद्को पुर्वतयारी र प्रतिकार्य बारे छलफल गरिरहेको सापकोटाले बताउनुभयो ।
धुलिखेल नगरपालिका
धुलिखेल नगरपालिकाले १२ ओटै वडामा वडा स्तरका विपद् ब्यबस्थापन समितिहरु गठन गरेर सक्रिया बनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा ५० लाख रुपैयाँ विपद् ब्यबस्थापनको लागीबिनियोजन गरेको नगरपालिकाका प्रवक्ता पुष्पराज राउतले जानकारी दिनुभयो ।
वडाहरुमा विपद् भएमा त्यसको क्षतीका विवरण नगरपालिकामा पठाउनुपर्ने र त्यहीअनुसार उद्धार, राहत तथा ब्यबस्थापनको लागी तयारी रहेको बताईएको छ । नगरपालिकामा विपद् ब्यबस्थापनको लागी जिल्लाका सुरक्षा निकाय, विभिन्न संघ संस्थाहरु सहतिको नगर स्तरीय समिति पनी गठित रहेको प्रवक्ता राउतले बताउनुभयो ।








प्रतिक्रिया