२०८३, १६ बैशाख बिहीबार

आज भानु जयन्ती,भानुले रामायण नलेखेका भए…

आज भानु जयन्ती,भानुले रामायण नलेखेका भए…


काठमाडौं, २९ असारः अ‌ाज असार २९, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती । आज देश तथा विदेशमा समेत विभिन्‍न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यस वर्ष कोरोना भाइरस संक्रमणकाे जाेखिमका कारण गत वर्ष जस्ताे धेरै कार्यक्रम, विद्यालय र क्याम्पसमा हुने कार्यक्रम हुने छैनन् । भौतिक दूरी कायम गरेर मात्र कार्यक्रम गरिनेछ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउँनुभएकाे छ । उहाँले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गर्नुभएकाे हाे ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । जसले गर्दा उहाँलाई प्रेरणा मिल्‍याे । उहाँले रामायणलाई नेपालीमा उल्था गर्नुभएकाे थियाे ।

उहाँका वधुशिक्षा प्रश्नोत्तर, भक्तमाला, रामगीता, फुटकर रचना लगायत कृति निक्‍कै चर्चित छन् । उहाँकाे भाेलिवाद सम्बन्धि रचना ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ पनि उत्तिकै चर्चित छ ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन अ‌ादिकवि भानुभक्तको योगदान अतुलनिय छ । उहाँकाेबारे त्रिभुवन विश्वविद्यालयबाट थुप्रै शोधग्रन्थ लेखिएका छन् ।

उहाँकाे निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका ठाउँमा पनि मनाईंन्छ । उहाँकाे याेगदानकाे चर्चा गरेर तथा उहाँकाे सम्मानमा रचना वाचन गर्ने गरिन्छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ८ : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले