२०८३, १६ बैशाख बिहीबार

पाँचखालमा विदेशबाट आएकालाई होम क्वारेन्टाईनमा बस्न दिईने

पाँचखालमा विदेशबाट आएकालाई होम क्वारेन्टाईनमा बस्न दिईने

बेथानचाेकमा क्वारेन्टाइन बस्ने सबैको पिसिआर गरिने


धुलिखेल, २५ असारः काभ्रेको पाँचखाल नगरपालिकाले बिदेशबाट आउने आफ्नो नागरिकलाईहोम क्वारेन्टाईनमा बस्न दिने भएको छ । स्थल वा हवाई मार्गबाट आउने नागरिकले होम क्वारेन्टाईनमा बस्न चाहेमा बस्न दिने निर्णय नगर स्तरीय कोभिड १९ ब्यबस्थापन समितिको बैठकले गरेको छ । होम क्वारेन्टाईनमा बस्न चाहानेले स्थानीय प्रहरी र वडा कार्यालयको सिफारीस लिनु पर्ने प्रमुख प्रशासकिय अधिकृत लोक बाहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिफारिस लिएकाहरुले मन्त्रालयले तोकेको होम क्यारेन्टाईन सम्बन्धी मापदण्ड पुरा गरेर बस्नु पर्ने छ । होम क्वारेन्टाईनमा बस्न चाहेमा बस्न दिने निर्णय यस अघि नै जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्र सि सि एम सि ले गरेको थियो ।

यसैबीच बेथान्चोक गाउँपालिकाले क्वारेन्टाइन बस्ने सबैको पिसिआर गरेको जनाएको छ । क्वारेनटाइनमा बस्न सुरु गरेपछि ५ देखी १० दिन भित्र स्वाब संकलन गरि पिसिआरको लागि पठाउने गरिएको पालिकाका स्वास्थ्य संयोजक सिताराम तिमल्सिनाले जानकारी दिनुभयो ।

पालिकाले पिसिआर रिपार्टको आधारमा घर पठाउने गरेको छ । पालिकाको विभिन्न स्थानमा गरी ४८ बेडको क्वारेन्टाइन रहेको छ । क्वारेन्टाइनमा हाल ५ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ८ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले