२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोक अपटेडः पहिरो प्रभावित क्षेत्रमा सभामुख सापकोटा पुगे

सिन्धुपाल्चोक अपटेडः पहिरो प्रभावित क्षेत्रमा सभामुख सापकोटा पुगे


धुलिखेल, २५ असारः सभामुख अग्नि प्रसाद सापकोटा पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न बाह्रबिसे पुग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सभामुख सापकोटा बाह्रबिसे पुग्नु भएको हो ।

सभामुख सापकोटाले जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तहको प्रमुख एवं प्रतिनिधिहरुसँग घाइतेहरको उद्धार र उपचार, बेपत्ताहरुको खोजी र राहतको बारेमा छलफल गर्ने बताइएको छ ।
गएराति अवरिल वर्षासँगै सिन्धुपाल्चोक जिल्लाको दुई छुट्टा छुट्टै ठाउँमा आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक जानकारी भन्दै बाह्रबिसे गाउँपालिकाका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जना गरी १८ जना बेपत्ता भएको पुष्टि गरेको । अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा ११ वटा घर बगाएको छ । २ जनाको शव फेला परेको छ भने ३ जना घाइते छन् । १४ जना बेपत्ता छन् ।

त्यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ५ लाम्बोटेमा पहिरोले २ वटा घर बगाएको जिल्ला प्रशासकन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । लाम्बोटेका ४ जना बेपत्ता छन् भने २ जना घाइते भएका छन् । पहिरोमा पुरी बेपत्ता भएकाहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  २ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना