२०८३, १६ बैशाख बिहीबार

सिन्धुपाल्चोक अपटेडः पहिरो प्रभावित क्षेत्रमा सभामुख सापकोटा पुगे

सिन्धुपाल्चोक अपटेडः पहिरो प्रभावित क्षेत्रमा सभामुख सापकोटा पुगे


धुलिखेल, २५ असारः सभामुख अग्नि प्रसाद सापकोटा पहिरो प्रभावित क्षेत्रको अवस्था बुझ्न बाह्रबिसे पुग्नुभएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत सभामुख सापकोटा बाह्रबिसे पुग्नु भएको हो ।

सभामुख सापकोटाले जिल्ला स्थित सुरक्षा निकाय, स्थानीय तहको प्रमुख एवं प्रतिनिधिहरुसँग घाइतेहरको उद्धार र उपचार, बेपत्ताहरुको खोजी र राहतको बारेमा छलफल गर्ने बताइएको छ ।
गएराति अवरिल वर्षासँगै सिन्धुपाल्चोक जिल्लाको दुई छुट्टा छुट्टै ठाउँमा आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक जानकारी भन्दै बाह्रबिसे गाउँपालिकाका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जना गरी १८ जना बेपत्ता भएको पुष्टि गरेको । अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा ११ वटा घर बगाएको छ । २ जनाको शव फेला परेको छ भने ३ जना घाइते छन् । १४ जना बेपत्ता छन् ।

त्यस्तै भोटेकोशी गाउँपालिका वडा नम्बर ५ लाम्बोटेमा पहिरोले २ वटा घर बगाएको जिल्ला प्रशासकन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । लाम्बोटेका ४ जना बेपत्ता छन् भने २ जना घाइते भएका छन् । पहिरोमा पुरी बेपत्ता भएकाहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  २ : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले