धुलिखेल, २३ असारः काभ्रेलाई कुखुरा पालनको लागि उत्कृष्ट जिल्लाको रुपमा चिनिन्छ । तर अहिले बजारमा कुखुराको मासुको अभाव हुन थालेको छ । लकडाउनको कारण कुखुरा उत्पादन नै कम भएकाले मासुको अभाव हुन थालेको हो ।
कुखुराको चल्ला पाल्न सुरु गरेदेखी ४० दिनमा मात्र बेच्नको लागि तयार हुने हुदाँ तत्कालको लागि बजारको माग अनुसार पूर्ति गर्न नसकिने पोल्ट्रि व्यवसायी मञ्च नेपालका सचिब दयाराम महतले जानकारी दिनुभयो । अहिले सबै किसानहरु खेतीपातिमा व्यवस्त भएको र सार्वजनिक सवारी साधन नचलेको कारण पनि बजारको माग अनुरसारको मासु तत्काल पूर्ति गर्न नसकिने अवस्था देखिएको हो ।
बजारमा मासुको अभाव भएसँगै मुल्यमा पनि बृद्धि भएको छ । सरकाले कुखुराको मासुको मुल्य निर्धारण गरेको छैन । अहिले सम्म राष्ट्रिय कुखुरा व्यवसायी संघले जिउदो कुखुराको मुल्य निर्धारण गर्दै आएको छ ।
त्यसैगरी अण्डा व्यवसायी संघले अण्डाको मूल्य निर्धारण गर्छ भने दाना व्यवसायी संघले दानाको मुल्य निर्धारण गर्ने गरेको छ । माग र पूर्तिको आधारमा बजारमा कुखुराको मासुको मुल्य निर्धारण हुने पोल्ट्रि व्यवसायी मञ्च नेपालका सचिब महतले बताउनुभयो ।








प्रतिक्रिया