२०८२, १३ फाल्गुन बुधबार

पलाञ्चोक भवगती मन्दिरमा पार्किङका लागि जग्गा खरिद प्रक्रिया सुरु

पलाञ्चोक भवगती मन्दिरमा पार्किङका लागि जग्गा खरिद प्रक्रिया सुरु


धुलिखेल, २० असारः काभ्रेको प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भवती मन्दिरमा पार्किङको लागि जग्गा खरिदको काम सुरु भएको छ । पाँचखाल नगरपालिका वडा नम्बर ९ मा रहेको पलाञ्चोक भवगती मन्दिर क्षेत्रमा पार्किङ निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले जग्गा खरिद गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको बजेटबाटै एक किता जग्गा खरिद गरिसकेको र बाँकी खरिद गर्ने प्रक्रियामा रहेको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । ३० लाखले जम्मा १० आनाको एक कित्ता जग्गा खरिद भएको हाे ।

मन्दिर पछाडिपट्टी रहेको ब्यक्तिगत जग्गा मन्दिरको नाममा रहने गरी खरिद गरिएको हो । पार्किङका लागि जग्गा खरिदका गर्न २०७६ साल चैत १८ गतेबाट सप्ताह ज्ञान महायज्ञ लगाउने तयारी थियो । तर कोरोना भाइरसका कारण महायज्ञ लगाउन नसकिने अवस्था आएपछि नगरपालिकाले नै बजेटको ब्यवस्था गरेको हो । ‘पार्किङ निर्माणका लागि हामीले महायज्ञ लगाउने योजना बनाएका छौँ, वडाध्यक्ष श्रेष्ठले भने ‘तर कोरोना भाइरसका कारण महायज्ञ लगाउन सकेनौँ, र पनि जग्गा खरिदका लागि नगरपालिकाले बजेटको ब्यवस्था गरे अनुरुप खरिद प्रक्रिया सुरु गरेका छौँ ।’

पार्किङका लागि ७ रोपनी जग्गा आवश्यक पर्नेछ । अहिले ब्यक्तिगत जग्गामै पार्किङ छ । पार्किङ गरे बापतको आम्दानी पनि सम्बन्धित जग्गा धनीले नै लिने गरेका छन् । मन्दिरको नाममा हाल पार्किङ भइरहेको जग्गा लिएपछि भने आम्दानी मन्दिरको स्वामित्वमा जाने वडाध्यक्ष श्रेष्ठले बताए । ‘पार्किङका लागि चालु आर्थिक वर्षबाट जग्गा खरिद प्रक्रिया सुरु भयो, अहिले ब्यक्तिले सञ्चालन गरिरहेको जग्गा नै खरिद गरेका हौँ, वडाध्यक्ष श्रेष्ठले भने ‘पार्किङका लागि आवश्यक पर्ने जग्गा मन्दिरको नाममा पास भइसकेपछि त्यसको आम्दानी पनि मन्दिरकै स्वामिस्वतमा जाने छ ।’

जग्गा खरिदका लागि ४ कराेड बराबर रकम खर्च हुने बताइएकाे छ । ब्यक्तिगत जग्गामा पार्किङ हुदाँ जग्गाधनीसँग बेला–बेला मन्दिर ब्यवस्थापन समिति र स्थानीयहरु बिच बिवाद हुदै आइरहेको छ । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली हुन् भन्ने किंवदन्ती रहेको छ । २०७२ को भुकम्पले क्षति पुर्याएको पलाञ्चोक भगवती मन्दिर पुनर्निर्माण गरिएपछि भक्तजनका लागि खुल्ला भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  २ : ४६ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली