२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा भूकम्पका वास्तविक लाभग्राहि खोज्न गाउँ-गाउँ जाने

काभ्रेमा भूकम्पका वास्तविक लाभग्राहि खोज्न गाउँ-गाउँ जाने


जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेले जिल्लामा भूकम्पका लाभग्राहिको अवस्था पत्ता लगाउन गाउँमै जाने भएको छ । ट्रान्सफरेन्सी इन्टरनेश्ल नेपालले आज धुलिखेलमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा अनुदान ब्यवस्थापन कार्यालयका प्रमुख शिवप्रसाद लम्सालले यस्तो बताउनु भएको हो ।

आगामी आर्थिक वर्षको सुरुदेखि नै पहिलो किस्ताको अनुदान सम्झौता गरेर अन्य किस्ता रकम सम्झौता गर्न नआएका लाभग्राहिको अवस्था पत्ता लगाउने काम सुरु गरिनेछ । काभ्रे जिल्लामा हालसम्म ७३ प्रतिशतले दोस्रो किस्ताको अनुदान बुझिलिएका छन् । कुल लाभग्राहिको ९१ प्रतिशतले मात्रै पहिलो किस्ता बापतको अनुदान सम्झौता गरेका छन् ।

जिल्लामा ६२ प्रतिशतले घर बनाएर तेस्रो किस्ता बापतको रकम बुझिएका छन् । जिल्लामा २०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पहरुले क्षति पुर्याएका ९८ हजार १९ घरधुरी सर्वेक्षण गरिएको थियो । त्यस मध्ये ८४ हजार ४ सय ८३ जना लाभग्राहिको नाम अनुदान पाउने सूचिमा सूचिकृत भएको थियो । जिल्लामा ७६ हजार ६ सय ८४ लाभग्राहिसँग पहिलो किस्ताको सम्झौता भएको थियो ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार  ३ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना