धुलिखेल, १८ असारः बेथान्चोक गाउँपालिले चालु आर्थिक वर्ष २०७६/७७ को यो अवधिसम्म ७० प्रतिशत योजना सकिएको बताएको छ । पालिकाले ४ सय वटा योजना चालु आर्थिक बर्षको लागि बनाएको थियो । ९० प्रतिशत काम सक्किने अनुमान पालिकाले गरेको छ ।
लक्षित बर्ग अन्र्तगतको सिप विकासका तालिम भने चालु आर्थिक बर्षमा नगरिने भएको छ । यी कार्यक्रमलाई आगामी आर्थिक बर्षमा निरन्तरता दिइने अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले जानकारी दिनुभयो ।
यसैगरी बनेपा नगरपालिकामा ५५ प्रतिशत मात्रै काम सकिएको छ । चालु आर्थिक बर्षको लागि ३ सय ५० वटा योजना मध्ये ५५ प्रतिशत योजनाको भुक्तानी भइसकेको छ । योजना सम्झौता भने ९० प्रतिशत भएका छन् ।
कार्यन्वयनकै चरणमा रहेकाले निर्माण सम्पन्न हुने प्रतिशत बढ्ने प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले बताउनुभयो ।








प्रतिक्रिया