२०८३, ३० असार बुधबार

पाँचखालमा सुनकोशी खानेपानी आयोजना सम्पन्न गराउन चौपक्षीय सम्झौता

पाँचखालमा सुनकोशी खानेपानी आयोजना सम्पन्न गराउन चौपक्षीय सम्झौता


धुलिखेल, १६ असारः पाँचखाल र पाँचखालको बहुप्रतिक्षित सुनकोशी खानेपानी आयोजनाको चौपक्षीय सम्झौता भएको छ । सोमबार पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गर्न खानेपानी तथा ढल ब्यबस्था बिभाग, नगर बिकास कोष, पाँचखाल नगरपालिका र उपभोक्ता समितिका बीच आयोजना ब्यवस्थापनमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा खानेपानी तथा ढल ब्यबस्था बिभागबाट बिध्यानाथ भट्टराई, नगरबिकास कोषको तर्फबाट सुवाष राज पन्त, नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल तथा उपभोक्ता समितिको तर्फबाट अध्यक्ष कुमार लामिछानेले हस्ताक्षर गर्नुभयो । सम्झौता संगै औपचारिक रुपमा खानेपानी योजनाको काम सुरु भएको छ । खानेपानी योजनाको लागि हुएसुइ कन्काइ जोइन्ट भेन्चर लाई ठेक्का परेको छ । सम्झौता पत्रको साक्षिमा नगर उपप्रमुख लक्ष्मी दनुवार, उपभोक्ता समितिको तर्फबाट उपाध्यक्ष रबिन्द्र सिपखान, सचिब चेत प्रसाद गौतम, कोषाध्यक्ष झुलकुमारी दुलाल र सदस्य माइली दनुवार रहनुभएको छ ।

त्यस्तै सोमबार नै नगर बिकास कोष र खानेपानी आयोजाना बिचमा ऋण एवं जमानत सम्झौता भएको छ । कोष, नगरपालिका र उपभोक्ता समिति बिचमा ऋण एवं जमानत सम्झौता भएको हो । सम्झौतामा नगरबिकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभोया र उपभोक्ता समितिको तर्फबाट कुमार लामिछानेले हस्ताक्षर गर्नुभयो । उपभोक्ता समितिलाइ उपलब्ध गराइएको ऋणको जमानतमा भने नगर प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवारले हस्ताक्षर गर्नुभयो । सम्झौता पत्रमा साक्षिको रुपमा उपभोक्ता समितिको तर्फबाट उपाध्यक्ष रबिन्द्र सिपखान, सचिब चेत प्रसाद गौतम, कोषाध्यक्ष झुलकुमारी दुलाल र सदस्य माइली दनुवार तथा नगर बिकासको तर्फबाट सरिता श्रेष्ठ र सुवासराज पन्तले हस्ताक्षर गर्नुभयो ।

सम्झौता पत्र अनुसार खानेपानी आपूर्ति तर्फको कुल रकमको २५ प्रतिशत रकम ५ प्रतिशत ब्याजदरमा नगरबिकास कोषले उपलब्ध गराउने उल्नेख छ । कोषले सम्झौताको ५ बर्ष सहुलियत दिने तथा २०८२ असार देखि ऋणको सवाँ ब्याज बुझाउनुपर्ने उल्नेख छ । २०२१ पौष सम्म ऋण तिर्नुपर्ने नगरबिकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभियाले जानकारी दिनुभयो ।

खानेपानी चरम अभावमा रहेका पाँचखाल बासिलाइ खुशी दिलाउन नगरपालिकाको पहलमा २०७३ साल वैशाख ११ गते देखिको जनप्रतिनिधि, राजनैतिक दल, नागरिक अगुवाहरुको भेला, बैठक, उपभोक्ताहरुको भेला, उपभोक्ता समिति निर्माण देखि कार्यान्वयन चरणमा प्रबेश गरेको छ । परियोजनाको २०७६ भदौ १२ गते खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

आयोजना दुई अर्ब २१ करोडको लागतमा तीन बर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको थियो । आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका थिए ।

खानेपानीका लागि भुम्लु गाउँपालिका वडा नम्बर १० स्थित सुनकोशी नदीको बिमिरे भन्ने ठाउँबाट लिफ्ट गरेर ल्याएको पानी पलाञ्चोक भगवती मन्दिर आसपास बन्ने मुख्य ट्याङकीमा खसालिने छ । त्यसपछि पानी वितरणको काम सुरु हुनेछ । इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयद्वारा सर्भेको काम सकेको पाँचखाल नगरपालिका प्राविधिक शाखा प्रमुख कपिलदेब भट्टले जानकारी दिए ।

आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नम्बर १, ५ र १३ नम्बर वडा बाहेकका सबै वडाका नागरिकको घर–घरमा बृहत खानेपानी आयोजनाको पानी पुग्नेछ । करिब सात हजार उपभोक्ता लाभान्वित हुने उपभोक्ता समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ७ : ३० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै