२०८२, १८ जेष्ठ शनिबार

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ५ सय विद्यार्थीको हातमा रेडियो

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका ५ सय विद्यार्थीको हातमा रेडियो


धुलिखेल, १२ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरपालिका भित्र रेडियो नभएका विद्यार्थीलाई रेडियो सेट वितरण गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी रेडियो नभएका विद्यार्थीलाई रेडियो दिएको हो ।

इको हिमाल नेपाल र नगरपालिकाले विद्यार्थीलाई रेडियो संयुक्तरुपमा वितरण गरेका हुन् । इको हिमाल नेपालकै आर्थिक सहयोगमा नगरपालिकाले असार ३ गतेबाट ३ वटा रेडियो मार्फत ६ देखि १० कक्षा सम्मको कक्षा सञ्चालन गर्दै आएको छ । सम्बन्धित विद्यालयका प्रधानाध्यपक वा शिक्षकलाई जिम्मा लगाइएको रेडियो जतिसक्दो छिट्टो विद्यार्थीको हात हातमा पुर्याउन नगरप्रमुख टोक बहादुर वाइबाले निर्देशन दिए ।

नगरपालिकाले ५ सय जना विद्यार्थीलाई रेडियो वितरण गरेको शिक्षा शाखाका अधिकृत लोकेन्द्र विष्टले जानकारी दिए । नगरपालिकाले रेडियो मार्फत अंग्रेजी, नेपाली, गणित, सामाजिक र विज्ञान गरी जम्मा ५ वटा विषयको पठनपाठन गर्दै आएको छ । नगरपालिकामा जम्मा ५ हजारको संख्यामा विद्यार्थी छन् । ‘हामीले सञ्चारका कुनै पनि साधन भएका विद्यार्थी छनौट गरेर रेडियो वितरण गरेका हौँ, विष्टले भने ‘अब सबै विद्यार्थीको पहुँचमा रेडियो पुगेको छ, सिकाई थप प्रभावकारी बन्दै जानेछ ।’

नगरपालिकाले नगरभित्रका बालबालिकालाई बैकल्पिक पठनपाठनलाई सहज हुने सञ्चारका माध्यमको तथ्याङ्क संकलन समेत गरेको थियो । जसमा रेडियो सबैको पहुँचमा रहेको र रेडियो नभएका विद्यार्थीको संख्या निकै काम रहेकाले रेडियो शिक्षा रोजेको अधिकृत विष्टले बताए । नगरपालिकाभित्र इन्टरनेटको पहुँचमा २ प्रतिशत मात्रै विद्यार्थी रहेका छन् । रेडियो सेट र मोबाइल गरी ८५ प्रतिशतभन्दा बढी विद्यार्थी रेडियोको पहुँचमा रहेको तथ्याङ्क संकलनबाट देखिएको महाकालि माध्यामिक विद्यालयका प्रधानाध्यपक शिव कुमार पौडेलले बताए । ३० प्रतिशत विद्यार्थी रेडियो र टिभीको पहुँचमा रहेका छन् ।

नगरपालिकाले कम्तिमा १० जनाको समूह बनाएर टोल सिकाई केन्द्रको समेत स्थापना गरेको छ । रेडियोबाट शिक्षकले दिएको गृहकार्य टोल सिकाई केन्द्रमा पुगेको शिक्षकले चेकजाँच गर्ने गरेका छन् । महाकाली माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरथ छात्र प्रज्वल बास्कोटाले आफ्नै नगरपालिकाका शिक्षकहरुले रेडियोबाट पठाएको पाठ सिक्न निकै सहज भएको बताए । ‘अहिले स्कुल जानसक्ने अवस्था छैन, हाम्रै नगरपालिकाभित्रका शिक्षकहरु रेडियोमा बोल्नुहुन्छ, उनले भने ‘घरमै बसेर पढ्न पाउँदाँ ज्यादै खुशी लागेको छ ।’

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार  ७ : ३८ बजे

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि