२०८३, ७ कार्तिक शनिबार

काभ्रेका युवा भक्तपुरमा जबरजस्तीकरणी आरोपमा पक्राउ

काभ्रेका युवा भक्तपुरमा जबरजस्तीकरणी आरोपमा पक्राउ


धुलिखेल, ११ असारः भक्तपुरमा छुट्टाछुट्टै बलात्कार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका २१ वर्षे सोमराज परियारलाई पक्राउ गरेको हो ।

उनले १४ वर्षीय बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारी असार ४ गते दिउँसो मध्यपुरथिमि नगरपालिका वडा नम्बर ९, नीलबाराही जंगलमा लगेर जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताए ।

उनलाई भक्तपुर अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ का ३५ वर्षीय जबर खड्का पक्राउ परेका छन् । उनले ३१ जेठको दिउँसो १३ वर्षीया बालिकालाई चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा रहेको आफ्नो कोठामा लगी ललाइफकाई करणी गरेको उनकी हजुरआमाले दिएको जाहेरी किटानी गरिएको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  ५ : ०५ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने