२०८३, १४ बैशाख मंगलबार

दुबै मिर्गौला पिडित काभ्रेका गोलेलाई कोरियाबाट आर्थिक सहयोग

दुबै मिर्गौला पिडित काभ्रेका गोलेलाई कोरियाबाट आर्थिक सहयोग


धुलिखेल, ११ असारः दुबै मिर्गौला पीडित काभ्रेका बेचानचोक गाउँपालिका वडा नम्बर ५ गोलेटोलका नीर बहादुर गोलेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । बिगत लामो समयदेखि डायोलासिस गराइ रहेको गोलेलाई औषधि गर्न आर्थिक समस्यया परेपछि तामाङ समाज ख्यङ्साङ बुसान दक्षिण कोरियाले १ लाख २२ हजार ९ सय रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

कोरियाबाट संकलन गरि पठाएको रकम ललितपुरको हसिद्धि स्थित गोलेको कोठामै पुगेर संस्थाका संस्थापक तथा निवर्तमान अध्यक्ष विश्वास भ्लोन तामाङ तथा युवा साजसेवी मर्दन सिं, सञ्जय लामा गोलेको टोलिले हस्तान्तरण गरेका हुन् । संस्थाका उपाध्यक्ष राम तामाङका अनुसार कोरियामा रहेका नेपालीहरुले लकडाउनको समयमा सहयोग पुग्ने हेतुले रकम संकलन गरि पठाइएको हो ।

गोलेलाई हाल दक्षिण कोरिया बस्दै आएका काभ्रेका राम तामाङले ६० हजार वान, तपस तामाङले ५० हजार, चित्र तामाङ ३० हजार, राज मोक्तान २० हजार, युपक लामा २० हजार, अमित लामा ५५ हजार, सुर्य प्रकाश वाईवा ३० हजार, दिनेश वाईवा ४० हजार, सुजन लामा ३० हजार, राकेश लामा २५ हजार, सरोज सिङ्तान २५ हजार, धनजित वाईवा ३० हजार, जित बहादुर भ्लोन तामाङले ३० हजार, बल बहादुर लामा ३५ हजार, डम्बर रुम्बा ५० हजार, रुपेश लामा ५० हजार, ज्ञान बहादुर घिसिङ ३५ हजार, सुरेश तामाङ २० हजार र अनिल लामाले ३० हजार वान सहयोग गरेका छन् ।

त्यसैगरी नुवाकोटका सन्त तामाङ ३० हजार वान, पार्वती वाईवा ३० हजार, मिलन तामाङ ५० हजार, तिलक तामाङ २० हजार र सोम योञ्जन २० हजार वान सहयोग गरेका छन् ।

त्यस्तै सिन्धुपाल्चोकका रण तामाङबाट २५ हजार, हरि बहादुर तामाङ २० हजार, सोम विर थिङ ३० हजार र प्रविन मोक्तानले २० हजार वान सहयोग गरेका छन् ।

रामेछापका रवि लामाले २० हजार, किरण लामा ४० हजार, विशाल लामा २० हजार र देव मोक्तानबाट ३५० सहयोग प्राप्त भएको छ । यस्तै बााका सुजित घिसिङ २० हजार, दार्जेलिङका सन्जिका तामाङ २० हजार स्याङजाका देव सागर १५ हजार वान सहयोग गरेका छन् ।

पाँचथरका समीर चेमजोङ २० हजार, मकवानपुरका पेम्बा लामा २० हजार, मोरङका सञ्जय पौडेल २० हजार खोटाङका जिन्लाप स्याङ्बो २० हजार, धरानका आकाश घिसिङ २० हजार, सिन्धुलीका सुमन लो तामाङ २० हजार, काठमाण्डौका कर्म मोक्तान २० हजार, तेह्रथुमका प्रदिप कन्दङ्वा २० हजार र अनिश गुरुङबाट २० हजार वान सहयोग प्राप्त भएको संस्थाका उपाध्यक्ष राम तामाङले जानकारी दिए ।

निरबहादुरको ४ वर्षपहिले एउटा मृगौलामा समस्या आयो । अर्कोले काम गर्ला कि भन्ने भयो । तर सोचे जस्तो कहाँ साथ दियो र अर्को मृगौलाले । आश गरेको अर्को मृगौलाले पनि साथ छोड्यो । उपचारको क्रममा गाउँमा भएको जग्गा पनि सकियो । घर पनि रित्तिसक्यो । तर २० को १९ भएको छैन । अहिले हप्ताको दुई पटक डायोलासिस गर्नु पर्छ ।

कमाइ गर्ने उमेरका उनी थला परेपछि दुईवटा छोरा र श्रीमतीको विचल्नी भएको छ । यसअघि निरबहादुर गोलेको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार हुदैँ आइरहेको थियो । अस्पतालले थप उपचारका लागि स्वास्थ्य समस्या जटिल बनेको भन्दै काठमाडौंस्थित केएमसि अस्पतालमा रिफर गरिदियो । निरबहादुर गोलेको अहिले दुवै मृगौलाले काम गर्न छोडेको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  ११ : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले