धुलिखेल, १० असारः काभ्रे जिल्लाको पहिलो नगरपालिका बनेपाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज बसेको नगरसभामा उपप्रमुख रेखा दाहाल सापकोटा १ अर्ब, १५ करोड, ७१ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि पूजीगत तर्फ ६० करोड ७२ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै संघीयको सरकारको ससर्त अनुदान तर्फ २९ करोड २८ लाख, प्रदेश सरकारकाको ससर्त अनुदान १ करोड ८२ लाख ४ हजारको बजेट प्रस्तुत गरिएको छ ।
त्यस्तै नगरपालिका तर्फ २३ करोड ८१ लख २६ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ ।








प्रतिक्रिया