२०८३, ८ कार्तिक आईतबार

काभ्रेका स्थानीय तह बजेट निर्माणको अन्तिम कसरतमा

काभ्रेका स्थानीय तह बजेट निर्माणको अन्तिम कसरतमा


धुलिखेल, ९ असारः काभ्रेका अधिकांश स्थानीय तहले नीति, कार्यक्रम र बजेट निर्माणको काम अन्तिम चरणमा पुर्याएका छन् । आगामी आर्थिक वर्षको कार्यक्रम र बजेट असार १० गतेभित्र सार्वजनिक गर्नै पर्ने कानुनी प्रावधानका कारण पनि जनप्रतिनिधि र कर्मचारी निकै ब्यस्त देखिएका छन् ।

जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला र महाभारत गाउँपालिकाले पनि भोली नै बजेट सार्वजनिक गर्ने बताएका छन् । त्यस्तै कोशीपारी क्षेत्रमा रहेको चौरीदेउराली र भुम्लु गाउँपालिकाले पनि बजेट सार्वजनिक गर्ने अन्तिम तयारी गरिहेका छन् । रोशी र बेथानचोक गाउँपालिकाले पनि भोली बजेट र कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

जिल्लाको सबैभन्दा कान्छो मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्न आवश्यक तयारी लगभग पुरा गरेको जनाएको छ । त्यस्तै बनेपा, धुलिखेल, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिकाले पनि बजेट प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको दाबी गरेका छन् ।

तेमाल गाउँपालिकाले पनि भोली नै बजेट सार्वजनिक गर्ने गरी सबै पक्षसँगको छलफललाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ६ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना