२०८२, ४ कार्तिक सोमबार

साउदीले कोरोना महामारीबीच हज आयोजना गर्ने, अन्य देशका नागरिकलाई निषेध

साउदीले कोरोना महामारीबीच हज आयोजना गर्ने, अन्य देशका नागरिकलाई निषेध


काठमाडौं, ९ असार: कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद साउदी अरबले यस वर्ष पनि हज आयोजना गर्ने भएको छ । तर, यस वर्ष साउदी अरबका नागरिकले मात्रै हज गर्न पाउने छन् ।

साउदी अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा कोरोना संक्रमणको महामारीका कारण अन्य देशका हाजीलाई साउदी अरब आउन अनुमति दिइएको छैन ।

साउदी अरबको मक्कामा हरेक वर्ष हज आयोजना हुन्छ । मुस्लिम समुदायको पवित्र धार्मिक स्थान मक्कामदिनामा हज गर्न नेपाली नागरिकहरुसमेत जाने गर्दछन् ।

साउदी सरकारका अधिकारीहरुले यस वर्ष देशभित्रका नागरिकहरुलाई सामाजिक दुरी कायम गरी हज गर्ने व्यवस्था मिलाउने बताएका छन् । कोरोना संक्रमण रोक्नका लागि सुरक्षाका धेरै उपाय अपनाइने छ ।

इस्लामिक क्यालेन्डर चन्द्रमाको हिसाबमा परिवर्तन भइरहन्छ । तर हज बकर ईदको समयमा हुन्छ । यस पटक हजको आयोजना अगस्टको पहिलो हप्तामा आयोजना हुँदै छ ।

इस्लामका पाँच मूलभूत स्तम्भ छन् । यसमा सबैभन्दा अन्तिम हजलाई मानिन्छ । शारीरिक रुपमा ठीक र आर्थिक रुपमा सम्पन्न मुसलमान जीवनमा कम्तिमा एक पटक हज गर्ने इच्छा व्यक्त गर्दछन् ।

यसै कारण हरेक वर्ष २० लाखभन्दा धेरै मुसलमान हजका लागि साउदी अरबको मक्का पुग्छन् । यस वर्ष दोस्रो देशका मुसलमानहरुलाई साउदीले अनुमति नदिएकाले हज गर्नेहरुको संख्या कम हुने निश्चित छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ८ : ३५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,