२०८२, ३ कार्तिक आईतबार

तोलामै ९१ हजार पुग्यो सुनको भाउ

तोलामै ९१ हजार पुग्यो सुनको भाउ


काठमाडौं, ८ असार: नेपाली बजार सुनको भाउ ९१ हजार रुपैयाँ पुगेको छ । सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ ।

लकडाउन अघि बन्द भएको सुन चाँदी व्यवसाय पूर्णरुपमा अझै खुली नसकेको महासंघले जनाएको छ । सरकारले लकडाउन खुकुलो बनाए पछि महासंघले सुनको भाउ तोकेको त छ तर भाउ धेरै बढेकाले एकै पटक धेरै फिर्ता सुन किन्न नसक्ने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

बजारको खुलेका केही पसलमा सुन बिक्री गर्न आउने ग्राहक बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

Onlinekhabar

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  २ : ३१ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल