दोहा, ७ असार: । कतारको दोहाबाट आइतबार १४९ जना नेपालीहरु काठमाडौं प्रस्थान गरेका छन् ।
कोभिड १९ बाट सिर्जित असहज परिस्थितिका कारण समस्यामा परेकाहरुलाई उद्धार गर्ने क्रममा आइतबार पहिलो चरणमा १४९ जना नेपालीहरु काठमाडौं प्रस्थान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरु काठमाडौं प्रस्थान गरेका हुन् । सो उडानमा २९ जना सुत्केरी-गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ ।
उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले विदाई गरेका थिए ।








प्रतिक्रिया