२०८२, २० जेष्ठ सोमबार

सिन्धुपाल्चोकमा ६ स्रष्टा र पत्रकार सम्मानित

सिन्धुपाल्चोकमा ६ स्रष्टा र पत्रकार सम्मानित


देवराज सुवेदी, मेलम्ची, ६ असारः दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलनमा सिन्धुपाल्चोकमा जन्मिएका ६ जना स्रष्टा र पत्रकारहरुलाई सम्मान गरिएको छ । दुःखी प्रकाशनको आयोजना र शब्द–सारथिको सहआयोजनामा शनिबार चौतारामा भएको बागमती प्रदेशस्तरीय कविता प्रतियोगिता एवम् सम्मान समारोहामा जिल्लामा साहित्यमा योगदान पु¥याउने ३ स्रष्टालाई सम्मान गरिएको छ । अमित घिमिरे, कृष्ण सुवेदी ‘भारद्वाज मित्र’, सरल सहयात्री पौडेललाई सम्मान गरिएको हो ।

त्यस्तै जिल्लामा जन्मिएर विभिन्न सञ्चार क्षेत्रमा क्रियाशिल ३ पत्रकारलाई पनि सम्मान गरिएको छ । बागमती प्रदेशका प्रेस रजिस्टार्ड रेवती सापकोटा, न्यूज २४ का प्रमोद न्यौपाने र कान्तिपुरमा कार्यरत दामोदर न्यौपानेलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तिहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित स्रष्टा र पत्रकारहरुले आपूm सम्मानित हुँदा थप जिम्मेवारी बढेको अनुभूति भएको बताए ।

सम्मेलन अन्र्तगत भएको बागमती प्रदेशस्तरीय कविता प्रतियोगितामा नुवाकोटका पुरु लम्साल प्रथम भएका छन । उनको घामलाई चिठी शीर्षकको कविता प्रथम भएको हो । त्यस्तै सुमन आलोक द्वितीय, रोजिना पराजुली तृतीय, पवन ढुङ्गाना र सविता थापा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कविहरुलाई क्रमसः ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना हुने दुई कविहरुलाई नगद ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको छ । कविताको मूल्याङ्कन साहित्यकार रमेश शुचेच्छु, जीवन श्रेष्ठ र डम्बर रसिक भारतीले गरेका थिए ।

सम्मेलनमा स्रष्टा सरल सहयात्री पौडेलले बागमती प्रदेशमा प्रगतिशील साहित्य लेखन र शशिनाथ आचार्यले सिन्धु साहित्यको इतिहास विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमकै बीच सिन्धुपाल्चोकमा बाल साहित्य लेख्ने स्रष्टालाई लक्षित गरी मित्र प्रष्तिष्ठानद्वारा बाल साहित्य पुरस्कार कोषको घोषणा गरिएको छ । दुःखी प्रकाशनमार्फत पुरस्कार प्रदान गर्ने गरी सम्झैता भएको हो । यहि अवसरमा मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ ले दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूलाई कोष स्थापनाको लागि १ लाख रुपैंयाको चेक प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले साहित्यले समाज परिवर्तन गर्न सक्ने भन्दै स्रष्टाहरुलाई नियमित सिर्जनाकर्ममा लागिरहन आग्रह गरे । ‘साहित्य प्रेरणाको स्रोत हो’, तामाङले भने– ‘यसले जीवन ज्यूने कला सिकाउँछ । म स्रष्टाहरुलाई निरन्तर साहित्य साधनामा लाग्न आग्रह गर्दछु ।’ दुःखी प्रकाशनले कोरोना महामारीको बीच पनि सामाजिक दूरी कायम गर्दै साहित्यिक माहौल बनाएमको र जिल्लाको नाम उँचो बनाउने व्यक्तित्वहरुलाई गरेको सम्मान उदाहरणीय भएको बताए ।

कार्यक्रममा शब्द सारथिको सचिव सुन्दर शिरीषले अतिथिहरुको स्वागत गर्दै दुःखी प्रकाशनले पहिलो बृहत् सिन्धु साहित्य सम्मेलन गरेको २६ वर्ष पछि दोस्रो सम्मेलनको आयोजना गरेको बताए । साहित्यको उन्नयनको लागि निरन्तर लागिरहेको प्रकाशनले ३० भन्दा बढी स्रष्टाको पुस्तक प्रकाशन गरेको उनको भनाई थियो । कार्यक्रममा शब्द–सारथिद्वारा प्रकाशन गरिएको ‘सारथि’ स्मारिकाको विमोचन पनि गरिएको थियो ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ५ : ५५ बजे

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल