२०८३, ७ कार्तिक शनिबार

भक्तपुरमा १२ प्रहरी क्वारेन्टिनमा

भक्तपुरमा १२ प्रहरी क्वारेन्टिनमा


काठमाडौं, ४ असार: महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सन्चार कक्ष सिल गरिएको छ । साथै उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई बुधबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले भने, ‘सन्चार कक्ष हाम्रो सबैभन्दा माथिल्लो तलामा हुन्छ । त्यहाँ काम गर्ने सबैलाई तल-माथि गर्न बन्द गरिएको छ । त्यहीँ खाना सप्लाई गर्ने, ट्वाइलेट पनि त्यहीँकै प्रयोग गर्ने गरी राखिएको छ ।’ क्वारेन्टिनमा रहेका प्रहरीहरुको र संक्रमित प्रहरीको परिवारका सदस्यको बिहीबार स्वाब संकलन गर्ने थापाले बताए ।

सन्चार कक्षमा काम गर्ने प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसअघि गत जेठ ३० गते कुबेत सरकारको आममाफी पाएर स्वदेश फर्किएकी र खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ९ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना