२०८३, १६ बैशाख बिहीबार

भक्तपुरमा १२ प्रहरी क्वारेन्टिनमा

भक्तपुरमा १२ प्रहरी क्वारेन्टिनमा


काठमाडौं, ४ असार: महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सन्चार कक्ष सिल गरिएको छ । साथै उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई बुधबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक थापाले भने, ‘सन्चार कक्ष हाम्रो सबैभन्दा माथिल्लो तलामा हुन्छ । त्यहाँ काम गर्ने सबैलाई तल-माथि गर्न बन्द गरिएको छ । त्यहीँ खाना सप्लाई गर्ने, ट्वाइलेट पनि त्यहीँकै प्रयोग गर्ने गरी राखिएको छ ।’ क्वारेन्टिनमा रहेका प्रहरीहरुको र संक्रमित प्रहरीको परिवारका सदस्यको बिहीबार स्वाब संकलन गर्ने थापाले बताए ।

सन्चार कक्षमा काम गर्ने प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसअघि गत जेठ ३० गते कुबेत सरकारको आममाफी पाएर स्वदेश फर्किएकी र खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ९ : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले