२०८२, १४ फाल्गुन बिहीबार

तातोपानी नाकाबाट निर्यात शून्य

तातोपानी नाकाबाट निर्यात शून्य


देवराज सुवेदी, मेलम्ची ३ असारः नेपाल र चीनबीचकोे व्यापारिक नाका तातोपानीबाट जेठ महिनामा मात्रै २० करोड माथिको राजस्व संकलन भएको छ । तातोपानी भन्सार कार्यालयले गत साउनदेखि जेठ मसान्तसम्म १ अर्ब ३४ करोड राजस्व संकलन गरेको थियो । चीनमा फैलिएको कोरोना भाइरसको त्रासका कारण बन्द रहेको नाका जेठ १५ गतेबाट सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा कुनै पनि सामान निर्यात भने भएको छैन ।

तातोपानी नाका लकडाउनमा केहि समय बन्द भएपनि पुन सुचारु भएको हो । नाका खुलाउन नेपाल सरकारले खासै पहल नगरेकै कारण सामान आयात मात्रै भएको छ भने निर्यात शून्य रहेको छ । जसका कारण बजारमा लत्ताकपडादेखि अन्य वस्तुको मुल्यमा भारी मूल्यवृद्धि समेत हुन पुगेको छ ।

तातोपानी नाका सञ्चालन भएपछि करिब डेढ महिनाको अन्तरालमा ५३ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालय प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । यसअघि तातोपानी नाकाबाट दैनिक करौडौँ राजश्व संकलन हुँदै आएको थियो । तातोपानी भन्सार कार्यालयले जेठ महिनामा मात्रै २० करोड रुपैया राजस्व संकलन गरेको तातोपानी भन्सार कार्यालय प्रमुख खत्रीले बताए ।

लकडाउनपछि गत जेठ १५ गतेदेखि औपचारिक रूपमा नाका सञ्चालनमा आएपनि ब्यापार भने अहिले बिस्तारै बढी रहेको छ । लकडाउनकै समयमा पनि कानुन बमोजिम आउने सबै प्रकारका सामान निर्वाध रुपमा आयात भइरहेको छ । नाकामा व्यापार बढेपछि राजश्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको हो ।

२०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको तोतापानी नाकाबाट अहिले मेडिकल सामग्री, कृषिजन्य, दैनिक उपभोग्य बस्तु निर्वाध रुपले नेपाल आइरहेकोछ । नेपाल सरकार र चीन सरकारबीच भएको सहमति अनुसार एकतर्फि रुपमा आयात मात्रै भएको र निकासी भने नभएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको भनाई छ । उनले निकासी पैठारी सहज ढङ्गले गर्नुपर्ने परिस्थितिमा चिनियाँ दुताबासबाट कुरा अगाडि बढिरहेको बताए ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ६ : ४२ बजे

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने