२०८२, १२ मंसिर शुक्रबार

तातोपानी नाकाबाट निर्यात शून्य

तातोपानी नाकाबाट निर्यात शून्य


देवराज सुवेदी, मेलम्ची ३ असारः नेपाल र चीनबीचकोे व्यापारिक नाका तातोपानीबाट जेठ महिनामा मात्रै २० करोड माथिको राजस्व संकलन भएको छ । तातोपानी भन्सार कार्यालयले गत साउनदेखि जेठ मसान्तसम्म १ अर्ब ३४ करोड राजस्व संकलन गरेको थियो । चीनमा फैलिएको कोरोना भाइरसको त्रासका कारण बन्द रहेको नाका जेठ १५ गतेबाट सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा कुनै पनि सामान निर्यात भने भएको छैन ।

तातोपानी नाका लकडाउनमा केहि समय बन्द भएपनि पुन सुचारु भएको हो । नाका खुलाउन नेपाल सरकारले खासै पहल नगरेकै कारण सामान आयात मात्रै भएको छ भने निर्यात शून्य रहेको छ । जसका कारण बजारमा लत्ताकपडादेखि अन्य वस्तुको मुल्यमा भारी मूल्यवृद्धि समेत हुन पुगेको छ ।

तातोपानी नाका सञ्चालन भएपछि करिब डेढ महिनाको अन्तरालमा ५३ लाख रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालय प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । यसअघि तातोपानी नाकाबाट दैनिक करौडौँ राजश्व संकलन हुँदै आएको थियो । तातोपानी भन्सार कार्यालयले जेठ महिनामा मात्रै २० करोड रुपैया राजस्व संकलन गरेको तातोपानी भन्सार कार्यालय प्रमुख खत्रीले बताए ।

लकडाउनपछि गत जेठ १५ गतेदेखि औपचारिक रूपमा नाका सञ्चालनमा आएपनि ब्यापार भने अहिले बिस्तारै बढी रहेको छ । लकडाउनकै समयमा पनि कानुन बमोजिम आउने सबै प्रकारका सामान निर्वाध रुपमा आयात भइरहेको छ । नाकामा व्यापार बढेपछि राजश्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको हो ।

२०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको तोतापानी नाकाबाट अहिले मेडिकल सामग्री, कृषिजन्य, दैनिक उपभोग्य बस्तु निर्वाध रुपले नेपाल आइरहेकोछ । नेपाल सरकार र चीन सरकारबीच भएको सहमति अनुसार एकतर्फि रुपमा आयात मात्रै भएको र निकासी भने नभएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलको भनाई छ । उनले निकासी पैठारी सहज ढङ्गले गर्नुपर्ने परिस्थितिमा चिनियाँ दुताबासबाट कुरा अगाडि बढिरहेको बताए ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ६ : ४२ बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री