२०८२, १३ फाल्गुन बुधबार

चौरीदेउरालीका जनप्रतिनिधि योजना संकल गर्न वडा वडामा

चौरीदेउरालीका जनप्रतिनिधि योजना संकल गर्न वडा वडामा


धुलिखेल, १ असारः काभ्रेको चौरीदेउराली गाँउपालिकाल आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न योजना संकल गर्न सुरु गरेका छ । आर्थिक वर्ष २०७७÷७८ को योजना संकल गर्न हरेक वडा वडामा पुगेको गाँउपालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाईले जानकारी दिइन् ।

जेठ २५ गते देखी गाँउपालिकाका अध्यक्ष,उपाध्यक्ष, योजना अधिकृत लगायतको टोली हरेक वडा वडामा पुगीरहेका छन् । टोलीले पुरानो कामको समिक्षा र योजना संकलन गरिरहेको छ । पालिकाको नौ ओटा वडा मध्ये आठ ओटा वडाका योजना संकलन सकिएको छ ।

कृषि तथा पशु पंक्षीका कार्यक्रम, स्वास्थ्य, शिक्षा, खानेपानी आयोजनाका कामहरु, पुरानो बाँकी रहेका बिकास निमार्णका काम सकाउने लगायतका योजना आगामी आर्थिक वर्षको बजेटमा प्राथमीकतामा राखीने छ । निति तथा कार्यक्रम १० गते ल्याउने गाँउपालिकाले निर्णय गरेको छ ।

३ गते प्रत्येक वडा अध्यक्षहरुले तिन वर्ष सम्म गरेको कामको प्रगती र अनुभव अदान प्रदान गर्ने बताईएको छ ।

यसैबिच, चौरीदेउराली गाँउपालिका वडा नम्बर ९ गोठपानी का बेरोजगार ब्यक्तीलाई रोजगारकालागी वडा कार्यलयमा सम्पर्क गर्न वडा ले एक सुचना जारी गरेर जानकारी गराएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत बेरोजगारहरु लाई असार १० गते भित्र वडामा सम्पर्क गर्न भनीएको वडा अध्यक्ष राम बाहादुर लामाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ६ : ५३ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली