२०८३, १६ बैशाख बिहीबार

मण्डनदेउपुरमा न्यायिक समितिको काम सन्तोषजनक

मण्डनदेउपुरमा न्यायिक समितिको काम सन्तोषजनक


धुलिखेल, ३१ जेठः मण्डनदेउपुर नगरपालिकामा न्यायिक समितिको काम सन्तोषजनक रहेको सरोकालावाले बताएका छन् । आज समितिले गरेको अन्तरक्रिया कार्यक्रम सहभागिहरुले न्यायिक गतिविधि सहज भएको बताएका हुन् । अन्तरक्रियामा नगरप्रमुख टोकबहादुर वाईवाले जिल्लाकै नयाँ नगरपालिका भएपनि न्यायिक क्षेत्रमा गरेको काम जिल्लाका अन्य नगरपालिकाको भन्दा नमुना रहेको बताउनुभयो ।

न्यायपालिकाकी उप प्रमुख एवं संयोजक निर्मला शाहीले संघीयताको अभ्यासमा पहिलो जनप्रतिनिधि भएकाले नगरमा रहेको उचित स्रोत साधनको प्रयोग गर्दै आफूहरूले नगरबासीका लागि न्याय सम्पादन गरिरहेको बताउनु भयो । उहाँले कयौं समस्याका बीचमा न्यायिक समितिले जिल्लामा नमुनायोग्य काम गरेको बताउनु भयो । संयोजक शाहीका अनुसार यो आर्थिक वर्षमा ३९ जनाले न्यायिक समितिमा मुद्धा दर्ता गरेका थिए ।

कार्यक्रममा नगरप्रवक्ता डिल्ली आचार्यले नगरले विधिको शासनलाई स्थापित गर्न लागि परेको बताउनु भयो । दर्ता भएका सबै मुद्धाहरुलाई दुबै पक्षबीच मिलापत्र गराएको छ भने दुईवाट मुद्ध मिलाउन बाँकी रहेको छ । कार्यक्रममा जिल्ला अदालत काभ्रेका श्रेस्तेदार गोविन्द घिमिरेले मण्डनदेपुर नगरपालिकाको न्यायिक समितिको काम जिल्लाकै नमुना भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ७ : १४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले