२०८२, ३ कार्तिक आईतबार

देवीटारमा खानीपानी ट्याङकी निर्माण अन्तिम चरणमा

देवीटारमा खानीपानी ट्याङकी निर्माण अन्तिम चरणमा


धुलिखेल, ३१ जेठः धुलिखेल नगरपालिकाको वडा नम्बर १ देवीटारमा खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १ को देवीटारमा १० लाख आर्थिक सहयोगमा सञ्चालन भएको योजना मुहान देखि ट्याङकी निर्माणसम्मको काम सकिएको छ ।

त्यस्तै फोक्सेभिर खानेपानी आयोजनाको ७० प्रतिशत काम सकिएको वडाध्यक्ष रमेश प्रसाद घोरासइनेले जानकारी दिनुभयो । यो खानेपानी आयोजनाको काम पनि चालु आर्थिक वर्षभित्र सकिने छ । नगरपालिकाको आर्थिक सहयोगमा भइरहेको कामको नगरप्रमुख अशोक ब्याञ्जुले आज अवलोकन समेत गरेको वडाध्यक्ष घोरासइनेले बताउनुभयो ।

दुई योजना अन्तर्गत वडाका ४ सय घरधुरी लाभान्वित हुनेछन् । धारा जडानको काम भने आगामी आर्थिक वर्षबाट सुरु हुनेछ । एक घर, एक धारा कार्यक्रम अन्तर्गत खानेपानी आयोजना सुरु भएको र काम सोचेअनुसार नै भइरहेको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ६ : २८ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल