धुलिखेल, २९ जेठः काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्र भित्र फोहोरमैला व्यवस्थापन गर्न खटिएका सबै कर्मचारीलाई पि.पि.ई सेट वितरण गरेको छ । कोरोना भाइरसको महामारीका बिच फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीको सुरक्षाका लागि पि.पि.ई सेट बितरण गरिएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिए ।
२४ जनालाई आज पि.पि.ई सेट, बुट, एन ९५ मास्क, मोबाईल राख्ने थैली लगायतका समाग्री बितरण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।
४२ जनालाई पि.पि.ई सेट उलब्ध गराउने नगरपालिकाले जनाएको छ । साथै फोहोरमैला व्यवस्थापनमा खटिने सबै कर्मचारीको कोरोना बिमा गरिने भएको छ । एक लाख बराबरको कोरोना विमा गरिने स्वास्थ्य संयोजक केसीले बताए ।








प्रतिक्रिया