२०८२, १९ मंसिर शुक्रबार

कोलाँती युवा क्लबको राहत माझी बस्तीलाई

कोलाँती युवा क्लबको राहत माझी बस्तीलाई


धुलिखेल २७ जेठ : कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनले गर्दा समस्यामा परेको माझीवस्तीलाई कोलाँती युवा क्लवले राहत वितरण गरेको छ ।

भुम्लु गाउँपालिका वडा ६ कोलतीका सक्रिय यूवाहरुले आँपघाटका माझी समुदायलाई राहत वितरण गरेको हो । राहत वितरण गर्न भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ वडा नं ६ का वडा अध्यक्ष अध्यक्ष भरतबहादुर शिवभक्ती माझीवस्ती पुगेका थिए । कोशीपरीका पत्रकार क्रान्ती लामाका अनुसार आँपघाटका अति विपन्न ५० घर धुरीलाई एकबोरा चामल,एक लिटर तेल, एक प्याकेट नुन र दुईसय पिस मास्क वितरण गरेका छन् ।

राहत जुटाउन युवा क्लबका राजु रानामगर, सुविन बुढामगर, हरि फुयाल, बिष्णु लामा, अङ्कुर रानामगर, देबिना श्रेष्ठ, जीवन माझी र क्षेदुक लामाले सहयोग गरेको कोलाँती युवा क्लबका सयोजक सुनिल माझीले बताए । कोलाँती युवा क्लवले विपद्को बेला भुम्लु लगायत आसपासका क्षेत्रमा सहयोग वितरण गरिदै आईरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ९ : २० बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको