२०८३, ११ बैशाख शनिबार

पनौतीका किसानलाई बोयर जातका बोका बितरण

पनौतीका किसानलाई बोयर जातका बोका बितरण

किसानलाई आत्मनिर्भर बनाउने योजना


धुलिखेल, २७ जेठः काभ्रेको पनौती नगरपालिकाले किसानलाई उन्नत जातको बोका बितरण गरेको छ । नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाले ६ ओटा वडाका ६ जना किसानलाई बोयर जातको बोका बितरण गरेको नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणी प्रसाद सापकोटाले जानकारी दिए ।

वडा नम्बर ३, ४, ५, ८, १० र ११ का एक/एक जना किसानलाई बोयर जातका बोका बितरण गरिएको हो । किसानलाई मेयर भिमप्रसाद न्यौपानेले बोका हस्तान्तण गरेका थिए । बोका हस्तान्तण गर्दै मेयर न्यौपानेले नगरपालिकालाई सबै हिसाबले आत्मनिर्भर बनाउन जरुरी रहेको भन्दै त्यसमा किसानहरुको ठूलो हात रहेको औल्याए । उनले जेठ १४ गते आएको बाढीले नगरपालिकाभित्रको कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको भन्दै किसानहरुलाई मोलमपट्टी लगाउने गरी आगामी आर्थिक वर्षको बजेट बनाउने बताए ।

७५ देखि ८७ प्रतिशत सम्मको प्रजनन योग्य रहेको कृषि तथा पशुपंक्षी शाखाका प्रमुख सापकोटाले बताए । चार लाख ९४ हजार पाँच सय रुपैंयामा खरिद गरेर किसानलाई दिइएको हो । गत वर्ष नगरपालिकाले पाँच ओटा वडाका किसानलाई बोयर जातको बोका बितरण गरेको थियो ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ६ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले