धुलिखेल, २६ जेठः सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर २ ठोकर्पामा एक घर, एक धारा कार्यक्रम सुरु भएको छ । कार्यक्रम अन्तर्गत आजबाट शितलपाटीमा डिप बोरिङको काम थालिएको वडाध्यक्ष पूर्ण बहादुर महतले जानकारी दिए ।
खानेपानी डिभिजन कार्यालय चौताराको ५० लाख आर्थिक सहयोगमा सुरु
भएको आयोजना अन्तर्गत करिब ३ सय घरमा एक घर, एक धारा पुर्याइनेछ । शितलपाटी डिप बोरिङ खानेपानी आयोजनाको थालनी पालिका प्रमुख श्रवण कुमार जिसीले गरेका हुन् ।
यो वडामा भुकम्पपछि कारिता नेपालले सञ्जालन गरेको जीविकोपार्जन कार्यक्रम अन्तर्गत आधाभन्दा बढी घर परिवारमा दुई घर, एक धारा पुगिसकेको वडाध्यक्ष महतले बताए । वडा नम्बर २ मा ६ सय ९८ घरधुरी रहेको छ । वडाको गैरे, ताप्ले, डाँडाकटेरी, भञ्ज्याङ र १२ किलो क्षेत्रमा खानेपानीको चरम समस्या रहेको छ ।








प्रतिक्रिया