२०८२, १३ फाल्गुन बुधबार

विदेशबाट आएका काभ्रेलीलाई धुलिखेल क्वारेन्टाइनमा राखिने

विदेशबाट आएका काभ्रेलीलाई धुलिखेल क्वारेन्टाइनमा राखिने

गाडीभाडा धुलिखेल नगरपालिकाले ब्यहोर्ने


धुलिखेल, २५ जेठः विदेशबाट उद्धार गरि ल्याइएका काभ्रेलीलाई धुलिखेल स्थित सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेको आइतबार बसेको बैठले यस्तो निर्णय गरेको हो ।

बैठकले कोभिड संकट ब्यवस्थापन केन्द्रको सम्पर्क ब्यक्तिको जिम्मा विष्णुदल गणका सेनानी प्रकाश कुमार उप्रेतीलाई तोकेको छ । काठमाण्डौको होल्डिङ क्षेत्रमा राखिएका काभ्रेलीहरुलाई धुखिलेख नगरपालिकाले सवारी साधनको ब्यवस्थापन गर्ने छ ।

काठमाण्डौबाट धुलिखेल ल्याउँदा लाग्ने गाडीभाडा धुलिखेल नगरपालिकाले ब्यहोर्नेछ । बैठकले सबै स्थानीय तहहरुले भिटिएम मेसिन खरिद गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेस्टिङ प्रोटोकल अनुसार मात्रै स्वाब संकलन गरी धुलिखेल अस्पतालमा परीक्षणका लागि आग्रह गरेको छ ।

त्यस्तै बैठकले यसअघि भएको निर्णय बमोजिम १ सय बेडको क्वारेन्टाइन बनाउन जिल्लाका सबै स्थानीय तहरुलाई जतिसक्दो छिट्टो कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ५ : ३९ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली