२०८२, २८ पुस सोमबार

पनौतीमा संक्रमतिको घर सिल, सम्पर्कमा आएकाको खोजी सुरु

पनौतीमा संक्रमतिको घर सिल, सम्पर्कमा आएकाको खोजी सुरु

घरपरिवारका ६ जनाको स्वाब संकलन


धुलिखेल, २५ जेठः पित्त थैलीको अप्रेसन गर्न धुलिखेल अस्पताल भर्ना भएका पनौती नगरपालिका वडा नम्बर ८ का एक जनामा कोरोना पुष्टि भएपछि उनको घर सिल गरिएको छ । बाहिरी मान्छेसँग परिवारका कुनै पनि सदस्यहरुलाई भेटघाट नगर्न नदिइएको वडाध्यक्ष केशब बन्जाराले जानकारी दिए ।

३९ बर्षीय ती संक्रमितका घरपरिवारका ६ जनाको हिजो नै स्वाब संकलन भइसकेको छ । उनीहरुको रिपोर्ट भने आइनसकेको वडाध्यक्ष बन्जाराले बताए । ‘संक्रमितका ६ जना परिवारको हिजो नै स्वाब धुलिखेल अस्पतालमा संकलन भइसकेको छ, वडाध्यक्ष बन्जाराले भने ‘रिपोर्ट आएको छैन, हामीले सबैलाई सचेतना पूर्वक बसिदिन आग्रह गरेका छौँ, संक्रमितको घर सिल गरिएको छ, एक घरबाट अर्को घर नजान भनेका छौँ ।’

ती संक्रमितलाइ कहाँबाट संक्रमण भयो भन्ने कुरा पत्ता लगाउन निकै मुस्किल परेको पाइएको छ । उनी घरगाउँमै खेती किसान गर्ने गर्थे । अस्पताल भर्ना हुनुभन्दा अघिसम्म पनि उनी मेलापर्ममा गइरहेको वडाध्यक्ष बन्जाराले बताए । ‘उहाँ विदेशबाट आउनुभएको पनि होइन, घरगाउँमै खेती किसान गर्ने मान्छे हो, वडाध्यक्ष बन्जाराले भने ‘अहिले संक्रमितसँग सम्पर्कमा आएका सबैको खोजी भइरहेको छ ।’

नगरपालिकाको स्वास्थ्य शाखाले संक्रमितसँग सम्पर्कमा आएका सबैलाई चिकित्सकको सम्पर्कमा ल्याउने काम गरिरहेको छ । वडा सचिव भगवान बस्नेतले एक सुचना मार्फत चिया तथा मदिरा जन्य पसल बन्द गर्न आग्रह गरेका छन् । त्यस्तै खाद्यान्न पसल पनि सामाजिक दुरी कायम गरेर विहान ६ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न समय निर्धाण गरिएको छ । भिडभाडमा नजान र गइहाल्ने अनिवार्य मास्कको प्रयोग गर्न भनिएको छ । त्यस्तै शंकास्पद र अपरिचित ब्यक्तिसँग टाडै रहन पनि वडाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ११ : ४३ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३