२०८२, ८ चैत्र सोमबार

काभ्रेको भुम्लु गा.पा ६ का नेकपा संयोजक श्रेष्ठ माथि आक्रमण

काभ्रेको भुम्लु गा.पा ६ का नेकपा संयोजक श्रेष्ठ माथि आक्रमण


धुलिखेल, २५ जेठः काभ्रेको भुम्लु गाउँपालिका वडा नमबर ६ का नेकपा संयोजक प्रेम श्रेष्ठ माथि साँघातिक आक्रमण भएको छ । खानेपानीको विषयलाई लिएर शनिबार दिउँसो वडा नम्बर ५ मा छलफल हुदाँ विवाद भएको थियो ।

सोहि विवादलाई लिएर राति ९ बजेतिर आफ्नै घरमा सुतिरहेका श्रेष्ठ माथि वडा नम्बर ५ का युवाहरु आएर आक्रमण गरेको वडा नम्बर ६ वडाध्यक्ष भरत बहादुर शिवभक्तीले बताए । युवाहरुको आक्रमणबाट श्रेष्ठकी श्रीमती शान्ति माया श्रेष्ठ समेत घाइते भएको बताइएको छ ।

राती नै आक्रमण भएपनि उपचारका लागि भने आइतबार विहान मात्रै स्वास्थ्य चौकी लगाएको छ । आक्रमणबाट श्रेष्ठको मुख र शरीरका विभिन भागमा चोट देखिएको वडाध्यक्ष शिवभक्तिले बताए । वडा नम्बर ५ सल्लेको घट्टेखोलाबाट कोलाती भुम्लुका स्थानीयले २०५६ सालदेखि खानेपानी खाँदै आएका थिए ।

उक्त खोलामा इन्टेक अहिलेसम्म पनि बनाइएको थिएन । १७ वर्ष अघिदेखि कोलाती भुम्लुका स्थानीयले पाइप सिधै खोलामा राखेर ल्याएको पानी उपभोग गर्दै आएका थिए । स्थानीयले इन्टेक नहुदाँ बर्खाका बेला फोहोर पानी नै पिउन बाध्य भइरहेको गुनासो गरेपछि पालिकाले इन्टेक निर्माणका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोहि विषयमा छलफल गर्न जाँदा सल्लेका युवाहरुसँग दिउँसो विवाद भएको प्राप्त वितरणमा उल्लेख गरिएको छ ।

घट्टेखोलाको पानी कोलाती भुम्लुका २ सय ६५ घर परिवारले उपभोग गर्दै आएका छन् । आक्रमणको बारे थप छलफल गर्न वडा नम्बर ५ का वडाध्यक्ष अञ्चल कुमार लामा सहितको टोलीलाई कोलाती भुम्लुमा बोलाइएको छ । घटनाको सत्यतथ्य छानविन गरेर दोषिलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ८ : ४७ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको