२०८२, १३ फाल्गुन बुधबार

काभ्रेमा क्वारेन्टाइन बस्नेकाे संख्या १ सय १३

काभ्रेमा क्वारेन्टाइन बस्नेकाे संख्या १ सय १३


धुलिखेल, २४ जेठः काभ्रेमा शनिबार ९९ जना पुरुष र १४ जना महिला गरी १ सय १३ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरु अधिकांश भारतबाट फर्किएका काभ्रेलीहरु हुन् ।

जिल्लामा क्वारेन्टाइन बेड संख्या ६ सय ६३ पुगेको छ । जिल्लाको सबैभन्दा बढी तेमाल गाउँपालिकामा १ सय ५ बेडको क्वारेटाइन तयार पारिएको छ । रोशी गाउँपालिकामा ८५ बेडको क्वारेन्टाइन तयार गरिएको छ । रोशीमा ११ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

त्यस्तै धुलिखेलमा ६५, पनौतीमा ६०, नमोबुद्धमा ५६, बनेपामा ५०, मण्डनदेउपुरमा २५ र पाँचखाल नगरपालिकामा ११ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै गरी महाभारत गाउँपालिकामा ३५, बेथानचोकमा ३५, चौरीदेउरालीमा ३०, भुम्लुमा ३० र खानी खोला गाउँपालिकामा २४ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्था रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

कोरोना आंशकामा शीर मेमोरियल अस्पतालको आइसोलेसनमा रहनुभएका एक जना महिला डिस्चार्ज हुनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार शुक्रबार डिस्चार्ज गरिएका हो ।

जिल्लामा आइसोलेसन कक्षको संख्या भने अझसम्म बढाइएको छैन । धुलिखेल अस्पतालमा ८ र शीर मेमोरियल अस्पताल बनेपामा ५ गरी १३ वटा आइसोलेसन कक्ष रहेका छन् । कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेले यस अघि आइसोलेसन कक्ष बढाउने निर्णय गरेपछि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ७ : २३ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली