२०८२, २५ भाद्र बुधबार

काभ्रेमा क्वारेन्टाइन बस्नेकाे संख्या १ सय १३

काभ्रेमा क्वारेन्टाइन बस्नेकाे संख्या १ सय १३


धुलिखेल, २४ जेठः काभ्रेमा शनिबार ९९ जना पुरुष र १४ जना महिला गरी १ सय १३ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरु अधिकांश भारतबाट फर्किएका काभ्रेलीहरु हुन् ।

जिल्लामा क्वारेन्टाइन बेड संख्या ६ सय ६३ पुगेको छ । जिल्लाको सबैभन्दा बढी तेमाल गाउँपालिकामा १ सय ५ बेडको क्वारेटाइन तयार पारिएको छ । रोशी गाउँपालिकामा ८५ बेडको क्वारेन्टाइन तयार गरिएको छ । रोशीमा ११ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

त्यस्तै धुलिखेलमा ६५, पनौतीमा ६०, नमोबुद्धमा ५६, बनेपामा ५०, मण्डनदेउपुरमा २५ र पाँचखाल नगरपालिकामा ११ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै गरी महाभारत गाउँपालिकामा ३५, बेथानचोकमा ३५, चौरीदेउरालीमा ३०, भुम्लुमा ३० र खानी खोला गाउँपालिकामा २४ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्था रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

कोरोना आंशकामा शीर मेमोरियल अस्पतालको आइसोलेसनमा रहनुभएका एक जना महिला डिस्चार्ज हुनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार शुक्रबार डिस्चार्ज गरिएका हो ।

जिल्लामा आइसोलेसन कक्षको संख्या भने अझसम्म बढाइएको छैन । धुलिखेल अस्पतालमा ८ र शीर मेमोरियल अस्पताल बनेपामा ५ गरी १३ वटा आइसोलेसन कक्ष रहेका छन् । कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेले यस अघि आइसोलेसन कक्ष बढाउने निर्णय गरेपछि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन् ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ७ : २३ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा