२०८२, २८ चैत्र आईतबार

सिरहाका हरवा चरवा परिवारलाई राहत

सिरहाका हरवा चरवा परिवारलाई राहत


महेश सिंह ,सिरहा २३ जेठ: बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस अथवा कोिभड (१९ का कारणले लकडाउनबाट प्रभावित भएका दैनिक छाक टार्न समस्या झेल्दै आएका सिराहका हरवा, चरवा समुदायलाई राहत वितरण गरिएको छ । दलित विकास मञ्च सिरहाले द फ्रिड फण्डको सहयोगमा १५० घर धुरी हरवा चरवा परिवारलाई राहत वितरण गरेकाे हाे ।

मजदुरी गुमाएका हरवा चरवा परिवारले राहत पाएपछि खुसि व्यक्त गरेका थिए । हरवा चरवा परिवारको बिचल्ली हेरेर जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले अन्नदान गरेका हुन् ।

सिरहाको धनगढीमाई नगरपालिकाका वडा नम्बर १, २ र सुखिपुर नगरपालिका वडा नम्बर ७ का हरवा चरवा शसत्तिकरण परियोजना अन्तरगत बचत तथा ऋण समुह सदस्यहरूलाई प्रति घर धुरी चामल, दाल, नून र तेल वितरण गरेको कार्यक्रम संयोजक रविन महराले जानकारी दिए ।

राहत सुखिपुर वडा नम्बर ७ का वडा अध्यक्ष विरेन्र्द महतोको रोहबरमा वितरण गरिएकोह ो । धनगढीमाई नगरपालिकाका १,२ का वडा प्रतिनिधिको समेत उपस्थित रहेको थियो । कोरोना भाइरसको जोखिम कम होस भन्नाका लागि सामाजिक दुरी कायम गरी राहत वितरणको ब्यस्था मिलाएरको दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले बताए ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ६ : ०७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४