२०८२, २८ पुस सोमबार

बाढीले पनौतीको कृषि क्षेत्रमा मात्रै करिब २० करोडको क्षति

बाढीले पनौतीको कृषि क्षेत्रमा मात्रै करिब २० करोडको क्षति

भौतिक क्षतिको लागत वितरण तयार गर्ने जिम्मा प्राविधिकलाई


धुलिखेल, २३ जेठः काभ्रेको पनौती नगरपालिकामा गत १४ गते अबिरल वर्षासँगै आएको बाढीले कृषि क्षेत्रमा मात्रै २० करोडको क्षति पुर्याएको पाइएको छ । बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले नेतृत्व गरेको पाँच सदस्यीय समितिले २० करोडको क्षति भएको प्रतिवेदन नगरपालिकामा बुझाएको हो ।

तरकारी, धान खेती र मकै बालीमा धेरै बढी क्षती पुगेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत एवंम सूचना अधिकारी इन्द्र प्रसाद अधिकारीले जानकारी दिए । करिब सात सय ओटा प्लास्टिकका टनेलहरुमा क्षती पुगेको प्रतिवेदनमा भेनिएको छ ।

त्यस्तै खोला छेउ छाउका खेतहरु बाढीसँग आएको पाँगो माटोले भरिएका छन् । पाखो बारीहरु बाढीले बगाएको प्रतिवेदनमा उल्लेख छ । नगरपालिकाले किसानलाई क्षतिपूर्ती दिनेबार छलफल थालिसकेको नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अधिकारीले बताए ।

यस्तै बाढीले भौतिक पुर्वाधार तर्फ पनौति क्षेत्रमा जोडिएका तिनओटा महत्वपुर्ण पक्की पुलहरु बगाएको छ । खोपासी बाट पस्थली जोड्ने पुल, वडा नम्बर ३ को पशुपति मन्दिरबाट बस्ति तर्फ जोडिएको पुल पनि संरक्षण गर्नु पर्ने अवस्थामा पुगोको छ ।

रोशीखोला र पुन्यमाता खोला तर्फ भएको बाँध बाढीले बगाएको छ । सिंचाईका बाँध कुलोहरुमा पनि क्षति पुगेको छ । भौतिक क्षतिको लागत वितरण तयार गर्ने जिम्मा प्राविधिकलाई दिइएको वडा नम्बर ९ का वडा अध्यक्ष एवंम भौतिक पुर्वाधार तर्फ बाढीले पुर्याएको क्षतिको बिवरण संकलन गर्न गठित समितिका संयोजक सहकुल कुमार हुमागाईले बताए ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ४ : १३ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी

ललितपुरमा बोरा भित्र शव : औंठी लुट्न ८३ वर्षीय वृद्धको निर्मम हत्या

काठमाडौं । ललितपुरमा तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ८३