२०८३, १६ बैशाख बिहीबार

रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन

रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन


काठमाडौं, २३ जेठ: संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् ।

१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहार भनेको छ र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो ।

शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताएकी थिइन् । लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  १ : ०९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले