२०८२, २५ भाद्र बुधबार

विदेशबाट आउने काभ्रेलीलाई सेनाले गन्तब्यसम्म पुर्याउने

विदेशबाट आउने काभ्रेलीलाई सेनाले गन्तब्यसम्म पुर्याउने


धुलिखेल, २३ जेठः कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेले विदेशबाट फर्कने काभ्रेका नागरिकलाई आफ्नो गन्तब्यसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई दिएको छ । सीसीएमसीको बैठकले धुलिखेलमा रहेको नेपाली सेनाको विष्णु दल गणलाई गन्तब्यसम्म पुर्याउने जिम्मा दिएको हो ।

आवश्यक सुचना आदान प्रदानगर्न र सहजिकरण गर्न गणका सेनानी प्रकाश कुमार उप्रतिलाई सम्पर्क ब्यक्ति तोकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सम्बन्धित पालिकासम्म पुर्याउने सबै काम सेनाले गर्ने छ ।

सीसीएमसीको बैठकले कृषि उत्पादन तथा उत्पादित समाग्री सहज रुपमा दुवानी गर्ने वातावरण मिलाउन सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । बैठकले विदेशबाट आउनेलाई स्वैच्छिक रुपमा होटलमा समेत क्वारेन्टाइनका रुपमा बस्ने दिने निर्णय गरेको छ । होटल ब्यवसायीसँग छलफल गरेर क्वारेन्टाइनको ब्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ८ : ५२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा