२०८२, ७ पुस सोमबार

पाँचखालमा किसानलाई ठूलो परिमाणमा कृषि सामग्री सहयोग

पाँचखालमा किसानलाई ठूलो परिमाणमा कृषि सामग्री सहयोग


काभ्रेको पाँचखाल नगरपालिकाले किसानलाई ठूलो परिमाणमा कृषि सामग्री हस्तान्तण गरेको छ । नगरपालिकाले आज १४ लाख बराबरको कृषि सामग्री हस्तान्तण गरेको कृषि शाखा प्रमूख ईश्वर प्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार २४ वटा हात्ते ट्याक्टर, ८३ वटा मौरीका घार किसानलाई हस्तान्तण गरिएको छ । त्यस्तै ९९ वटा प्यालिक टनेल, ४० थान इलेक्ट्रिक पावर स्प्रेयर, पानी तान्ने इलेक्ट्रिक पावर ४३ वटा र १० वटा पानी थान्ने जेनेरेटर किसानलाई हस्तान्तरण गरिएको हो ।

चालु आर्थिक वर्षभित्र पाँचखाल नगरपालिकाभित्र ५ सय वटा हात्ते ट्याक्टर भित्रिने कृषि शाखा प्रमुख अधिकारीले बताए । किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमूख महेश खरेलले कृषि क्षेत्रमा पूर्ण आधुनिकीकरण गर्न सकेमात्रै उत्पादन लागत कम गराउन सकिने बताए ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ६ : १८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको